प्रस, वीरगंज, १९ कात्तिक/
छठपूजाको अवसरमा घडिअर्वा स्पोट्र्स क्लबले सोमवार आयोजना गरेको रक्तदान कार्यक्रममा पाँच महिलासहित ४८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताएका छन् ।
कार्यक्रममा अमृता मल्लिक, खुशी मराठा, कुसुम मल्लिक, गायत्री कुमारी, नेहा ठाकुर, सरोजकुमार कानू, किशोरी साह कानू, सन्तोषकुमार साह, लखन गुप्ता, जितेन्द्र सिंह, घनश्यामप्रसाद साह, प्रमोद यादवलगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा क्रान्ति साह, कन्हैया पटेल, अभिलाष गुप्ता, जितेन्द्र कुशवाहा, नितेश यादवलगायतले प्राविधिक सहयोग पु¥याएका थिए ।
रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख राजेशमान सिंहले गरेका थिए । उनले छठपूजाको अवसरमा सबैलाई बधाइ दिंदै शान्ति र सौहार्दपूर्ण तरीकाले पूजा सम्पन्न गर्न आग्रह गरे । उनले रगत अभाव भएको बेला रक्तदान गर्न सुझाए ।
कार्यक्रममा क्लबका अध्यक्ष सन्तोषकुमार साह, वडाध्यक्ष सुशील कुमार साह, प्रदीपकुमार गुप्तालगायतको सहभागिता थियो ।