प्रस, वीरगंज १९ कार्तिक/
समाजसेवी राजेश वर्णवालले छठपूजाको अवसरमा विन्ध्यवासिनी गाउँपालिका–५ भेलाहा टोलमा साडी वितरण गरेका छन् ।
कार्यक्रममा बोल्दै वर्णवालले विपन्न परिवारले पनि छठपर्व मनाउन सकून् भनेर साडी वितरण गरेको बताए ।
नेपाली काङ्ग्रेसका गाउँँ एकाइ समिति अध्यक्ष विवेक चौरसियाले समाजसेवी वर्णवालले निजी खर्चबाट छठव्रत गर्ने गरीबहरूलाई साडी वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा वडासदस्य हरिन्द्र मुखिया, उपनिवेश चौरसिया, छठुलाल चौरसियालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए ।
यसैगरी, लायन्स क्लब अफ वीरगंज कुटुम्बले त्रिशूलचोकमा साडी वितरण गरेको छ । विपन्न परिवारका ६५ जना महिलालाई साडीलगायत सामग्री वितरण गरेको कुटुम्बकी अध्यक्ष रिना रौनियारले बताइन् । कार्यक्रममा भाइस डिस्ट्रिक गभर्नर लायन्स रामबिहारी पाण्डे, एरिया चिफ लायन्स श्याम गुप्ता, लायन्स बिजया ओझैया, लायन्स सङ्गीता प्याकुरेल, लायन्स श्वेता क्षत्री, लायन्स रचना प्याकुरेल, लायन्स प्रीति रौनियारलगायतको सहभागिता थियो ।
यसैगरी ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र रूँगटा वेयल फेयर सोसाइटी वीरगंजले वीरगंज कारागारका कैदीबन्दीलाई साडी तथा पीठो वितरण गरेको छ ।
सोसाइटीका अध्यक्ष सुरेश रूँगटा र केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगंज कारागारमा रहेका कैदीबन्दीहरूलाई ३२० थान साडी, पीठो १२० किलो ग्राम वितरण गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक प्रकाश पौडेल, प्रहरी निरीक्ष्Fकत्रय रमेशकुमार तिमल्सिना, निरोज चौलागाई, लोकराज भट्ट, वीरगंज कारागारका शाखा अधिकृत विनय श्रीवास्तवलगायतको सहभागिता थियो ।