दुग्धेश्वर महादेव मन्दिर सौन्दर्यीकरण गर्न ज्ञापन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज १९ कार्तिक/
दुग्धेश्वर महादेव मन्दिर मेला समितिले खानेपानीमन्त्री प्रदीप यादवलाई ज्ञापनपत्र बुझाउँदै पटेर्वासुगौली गाउँपालिकास्थित प्रसिद्ध दुग्धेश्वर महादेव भाथा मन्दिर व्यवस्थापनको लागि आग्रह गरेको छ ।

जसपाका नेता दीपक यादव र मेला समितिका पदाधिकारीहरूले मन्त्री यादवको घरमा गएर ज्ञापनपत्र बुझाएको हो । भाथा धाममा आउने तीर्थालुहरूलाई राति सुत्न, वास बस्न, स्वच्छ खानेपानी, व्यवस्थित शौचालयको अभावले मेला भर्न आउने भक्तजनलाई समस्या हुँदै आएको भन्दै सोको समाधानको लागि पहल गर्न आग्रह गरेका थिए ।

मन्त्री यादवले छठ पर्वलगत्तै भाथाधाममा प्राविधिक टोली पठाएर आवश्यक पूर्वाधारबारे योजना तयार गर्न लगाउने प्रतिबद्धता जाहेर गरेका थिए । टोलीमा जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी र जन्नत अंसारी, वडाध्यक्ष फरमान अन्सारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस