प्रस, वीरगंज, १९ कात्तिक/
खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज कारागारको निरीक्षण गर्दै कैदीबन्दीले भोगिरहेका समस्याबारे जानकारी लिएका छन् ।
शनिवार मन्त्री यादवले कारागारमा उनीहरूले प्रयोग गर्ने शौचालय, विद्युत्, र खानेपानीलगायतका समस्याबारे जानकारी लिएका थिए ।
उनले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व रहेको बताए । मन्त्री यादवले महिला कैदीहरूका लागि शौचालय तथा अन्य पूर्वाधारहरूको सुधार, जीर्णाेद्धार र व्यवस्थित खानेपानीको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख राजेशमान सिंह, प्रहरी उपरीक्ष्Fक कुमोद ढुङ्गेललगायतको सहभागिता थियो ।