प्रस, पचगावाँ, १९ कात्तिक/
पटेर्वासुगौली गाउँपालिकापा–४ भलुवाही खोलाबाट प्रहरीले गाँजा र चरेस बरामद गरेको छ ।
प्रहरीको गश्ती टोलीलाई देखेपछि गाँजा तस्कर मोटरसाइकल र झोला छोडेर फरार भएका थिए । प्रहरीले झोलाबाट पाँच किलो गाँजा र एक किलो चरेसको प्याकेट बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्गबुढा थापाले बताएका छन् ।
प्रस, सिम्रौनगढ/
इलाका प्रहरी कार्यालय सिम्रौनगढले ३४ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दीपेन्द्र कुशवाहा र सरोजप्रसाद यादवलाई सिम्रौनगढ नगरपालिका–४ गङ्गानगरबाट ३४ किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इप्रका सिम्रौनगढको प्रनि नवीन राईको कमान्डमा गएको प्रहरी टोलीले गाँजा प्याकिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाए ।