श्रीसिया स्ववासीको फाइल अर्थ मन्त्रालयले वीरगंज पठायो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/shrisiya-1024x612.jpg)
प्रस, परवानीपुर, १३ कात्तिक/ वीरगंज–२५ श्रीसियाको ६२ बिघा जग्गा अधिग्रहणको मुआवजा वितरण टुङ्ग्याउन अझै केही समय लाग्ने भएको छ । स्ववासी जग्गाको मुआवजा वितरण गरेर भौतिक संरचना अस्पताल, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी एवं स्थानीयको घरका लगत स्टिमेट गरेर मुआवजा माग गर्ने तयारी भइरहेको अवस्थामा स्ववासी जग्गाको फाइल अर्थ मन्त्रालयले पुनः वीरगंज पठाएको […]
२७ जना भारतीय आश्रितहरूलाई घर पठाइयो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/27jana-1024x663.jpg)
प्रस, परवानीपुर, १३ कात्तिक/ मानवसेवा आश्रम वीरगंजले भारतीय २७ जना आश्रितलाई घर पठाएको छ । मानवसेवा आश्रमका स्वयंसेवक भोला चौलागाईंको नेतृत्वमा स्वयंसेवकहरूको पाँच सदस्यीय टोलीले गाडीमा राखेर भारत, बिहारको छपरा, वैशाली, उत्तर प्रदेश, उडिसा, आन्ध्र प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, तेलङ्गानालगायत राज्यमा पठाएको मानवसेवा आश्रम वीरगंजले जनाएको छ । मङ्गलवार साँझ वीरगंज–२५ श्रीसियास्थित मानवसेवा आश्रममा कार्यक्रम […]
साझेदारीलाई काठ बिक्री वितरणको अख्तियारी
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/sajhedari-1024x544.jpg)
प्रस, महोत्तरी, १३ कात्तिक/ महोत्तरीका विभिन्न तीनवटा साझेदारी वनले उपभोक्तालाई काठ बिक्री वितरण गर्न पाउने भएका छन् । साझेदारी वनमार्फत सहुलियत दरमा उपभोक्तालाई काठ वितरणको तयारी भएको डिभिजन वन कार्यालय, महोत्तरीले जनाएको छ । सालसहित विभिन्न जातका काठ वितरण अन्तिम तयारीमा पुगेको डिभिजन वन कार्यालय, महोत्तरीले जनाएको हो । पछिल्ला केही वर्षदेखि ढलापडा काठहरू घाटगड्डीमा […]
बेत बाँसको सामग्री बनाउन भ्याइनभ्याइ
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/bet-bansko-1024x498.jpg)
प्रस, महोत्तरी, १३ कात्तिक/ छठ पर्व नजीकिंदै गर्दा महोत्तरीका डोम समुदाय बेत, बाँसका भाँडाकुँडा बनाउन व्यस्त छन् । छठ पर्वमा बाँसका डोको र डालो जस्ता सामग्रीको माग उच्च रहने भएकाले यहाँका डोम समुदायलाई यति बेला कामको चटारो छ । जलेश्वर नगरपालिका–३ का महेश्वर डोमका अनुसार गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने परम्परा पुर्खादेखि […]
यादव हत्याको घटनाको अनुसन्धान हुँदै
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/yadav-1024x727.jpg)
प्रस, परवानीपुर, १३ कात्तिक/ पाँच दिन अघि बारा जिल्लामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका श्रीनारायण यादवको घटनामा बारा प्रहरी अनुसन्धान तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार महागढीमाई नगरपालिकाको सेमरा तेगछिया बस्ने यादवको हत्यासम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले शङ्कास्पद व्यक्तिलाई पक्राउ […]
मङ्गलवार र बुधवार धनतेरस परेकोले वीरगंजमा बेच्न राखिएको सजावट तथा पूजा सामग्रीहरू । तस्वीरः नितेश कर्ण
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/nitesh-1024x829.jpg)
पर्सागढीका छठघाटको सरसफाइ तथा सजावट
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/parsagardhi.jpg)
बलिराम शुक्ला, बिरुवागुठी १३ कात्तिक/ छठपर्व नजीकिएसँगै अहिले छठघाटको सरसफाइ तथा सजावटको कार्यले तीव्रता पाएको छ । पर्सागढी नगरपालिकाको स्रोत साधनबाट नगरभित्र रहेका सम्पूर्ण छटघाटको सरसफाइ तथा मर्मतको कार्यले तीव्रता पाएको हो । नगरप्रमुख गोकर्ण पाठकका अनुसार नगरभित्र रहेका करीब ७५ वटा छठघाटमा पालिकाको स्रोत साधनबाट बाटो मर्मत, सरसफाइ तथा छटघाटमा माटो पुरी सम्याउने कार्य […]
ठाकुरको अर्थतन्त्रका आयामहरू पुस्तक सार्वजनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/thakurko-1024x577.jpg)
प्रस, परवानीपुर, १३ कात्तिक/ उमेशचन्द्र ठाकुरद्वारा लिखित ‘अर्थतन्त्रका आयाम’ पुस्तक प्रकाशनमा आएको छ । समसामयिक अर्थराजनीतिक सरोकारका विषयमा ठाकुरको दशकौंको लेखनलाई पुस्तकमा सङ्ग्रहित गरिएको छ । ठाकुरले विसं २०३९ देखि निरन्तर लेखन गर्दै आएका छन् । आर्थिक विश्लेषण, औद्योगिक व्यवस्थापन, श्रम सम्बन्ध र आर्थिक–सामाजिक परिवर्तनबारे उनले आफ्नो गहिरो जानकारी र अनुभवलाई पुस्तकमा प्रस्तुत गरेका छन् […]
लागूऔषधसहित क्लिनिक सञ्चालक पक्राउ
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, वीरगंज, १३ कात्तिक/ इलाका प्रहरीकार्यालय बारागढीले लागूऔषध बिक्री गरेको आरोपमा एकजना क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ । एमआर पोलिक्लिनिकका सञ्चालक राजेश साह कानुलाई लागूऔषध बिक्री गरेको आरोपमाा प्रहरीले पक्राउ गरेको हो । बारागढी गाउँपालिका–२ मलाहीचोक स्थित एमआर पोलिक्लिनिकमा प्रहरीले चेकजाँच गर्दा लागूऔषध बरामद भएको थियो । प्रहरीले सो पोलिक्लिनिकबाट कोरेक्स ५ थान, नाइट्रोभ्याट ४७ […]
पटाका नष्ट
![](https://eprateekdaily.com/wp-content/uploads/2024/10/pataka-nasht.jpg)
प्रस, सिम्रौनगढ, १३ कात्तिक/ इलाका प्रहरी कार्यलय सिम्रौनगढले विभिन्न मितिमा नियन्त्रणमा लिएको पटाका आज सरोकारवालाको रोहबरमा नष्ट गरेको छ । भारतबाट खजानी र बसवरिया नाकाबाट नेपाल भिœयाइएको डेढ लाख मूल्य बराबरको पटाका नष्ट गरिएको प्रहरी निरीक्षक नवीन राईले बताए । बरामद गरिएको पटाका खाल्डो खनेर पुरिएको थियो ।