२९७ जना किशोरीलाई पढाइ र व्यवसायमा आसमानको सहयोग

प्रस, वीरगंज, ७ कात्तिक/ क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको सहयोगमा आसमान नेपालले पर्सा जिल्लाका दुई पालिकाका २९७ जना किशोरीलाई पढाइ तथा व्यवसायमा सहयोग गरेको छ । आसमान नेपालले पर्सा जिल्लाको ठोरी र जीराभवानी गाउँपालिकामा बालिकालाई पछाडि नपारौं, परियोजना सञ्चालनमा ल्याएको थियो । यो परियोजना अन्तर्गत जीराभवानी गापामा २४१ जना किशोरीलाई आसमान नेपालले सिकाइ केन्द्र खोलेर नौ महीना […]

दुईवटा बिरयानी पसललाई जरिवाना

प्रस, वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका बिरयानी पसलहरूमा अनुगमन गरी दुईवटा बिरयानी पसललाई जरिवाना गराएको छ । अनुगमनको क्रममा आज वीरगंज महानगरमा रहेका साम मुरादावादी बिरयानी, ताज बिरयानी, जायका बिरयानी र लजिज बिरयानी गरी चारवटा बिरयानी होटलमा अनुगमन गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले […]

वीरगंजमा प्याब्सन विद्यालयहरूको लोकनृत्य प्रतियोगिता

प्रस, परवानीपुर, ७ कात्तिक/ प्याब्सन पर्साको आयोजनामा यही शुक्रवार बिहान ११ देखि साँझ ५ बजेसम्म लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ । प्याब्सन वीरगंजसँग आबद्ध २३ वटा विद्यालयको सहभागितामा वीरगंज नगर सभागृहमा आयोजना हुने प्रतियोगितामा नेपालीका विभिन्न समुदायका चाडपर्वमा प्रस्तुत हुने सांस्कृतिक कार्यक्रमलाई प्रस्तुत गरी एकापसमा प्रतिस्पर्धा गराइने कार्यक्रम रहेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी […]

वीरगंजमा मण्डला थिएटरको वर्कशप

प्रस, परवानीपुर, ७ कात्तिक/ वीरगंजमा अभिनय कला सिकाउने मण्डला थिएटर वर्कशप आयोजना भएको छ । वीरगंजको गहवास्थित आदर्श होटलको सभाहलमा आयोजित प्रशिक्ष्Fण कार्यक्रममा पर्सा र बाराका एक दर्जनभन्दा बढी महिला, पुरुष कलाकारहरूले प्रशिक्षण लिइरहेका छन् । मण्डला थिएटर काठमाडौंको दोस्रो वर्षका विद्यार्थी मुन्ना सर्राफले प्रशिक्ष्Fण दिइरहेका छन् । असोज ३० देखि कात्तिक १४ गतेसम्म १५ […]

थरघाटीमा गाँजाखेती फँडानी

प्रस, पंचगावाँ, ७ कात्तिक/ पटेर्वासुगौली गाउँपालिका–२ थरघाटी टोलका विभिन्न स्थानमा लगाइएको २० कट्ठा गाँजाखेती प्रहरीले पँmडानी गरेको छ । इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापा नेतृत्वको प्रहरी गस्ती टोलीले सो क्षेत्रमा लगाइएको गाँजाका आठ हजार बिरुवा पँmडानी गरी जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गाँजाखेती गर्ने व्यक्तिको खोजतलाश भइरहेको […]

क्रान्तिकारी जनता निर्वाचनमा कहिल्यै बिक्री हुँदैनन् –नेता यादव

प्रस, वीरगंज, ७ कात्तिक/ नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले क्रान्तिकारी जनता कहिल्यै निर्वाचनमा बिक्री नहुने बताएका छन् । विन्ध्यवासिनीमा मुकेश चौरसियाको चौथो स्मृतिसभामा नेता यादवले दलाल र भ्रष्ट नेताहरूले इमानदार नेपाली जनताको मत बेच्ने काम गर्दा देश सुधार हुन नसकेको र यसका लागि उनीहरू जिम्मेवार रहेको बताए । उनले नेपालको राज्यसत्ता अझै पनि विभेदकारी […]

करेन्ट लागेर महिलाको मृत्यु

प्रस, रौतहट, ७ कात्तिक/ गढीमाई नगरपालिका–७ धनहारीमा बुधवार करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । माधवनारायण नगरपालिका–९ बस्ने विजय सहनीकी पत्नी २४ वर्षीया रिङ्कुदेवी सहनीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । खेतमा राखेको ठेला ल्याउने क्रममा मेलामा जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागेर उनी घाइते […]

काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै

चन्द्रपुर (रौतहट), ७ कात्तिक/रासस केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै गएको छ । छिटोछरितो हुने भएकाले काठ तस्करहरूले भारतीय नम्बरका साना सवारीसाधनको प्रयोग गर्दै आएको पाइएको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दिएको तथ्याङ्क अनुसार गत असोजमा मात्रै दुईवटा पिकअप भ्यान र एक थान ट्याक्टर बरामद गरेको छ । […]

सखुवाप्रसौनीलाई पराजित गर्दै छिपहरमाई सेमिफाइनलमा

प्रस, पोखरिया, ७ कात्तिक/ सखुवाप्रसौनी युवा समाजद्वारा सञ्चालित तेस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको अन्तिम क्वाटरफाइनल खेलमा छिपहरमाईले आयोजक सखुवाप्रसौनीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा शुरू गरेको छ । पहिले ब्याटिङ गर्दै छिपहरमाईले २० ओभरमा १२६ रन बनाएको थियो । प्रतिउत्तरमा १२७ रनको लक्ष्यसहित मैदानमा उत्रेको सखुवाप्रसौनी १३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमा सीमित […]

सूचनाको विस्तारमा सामाजिक सञ्जालको पहुँच

• सञ्जय साह मित्र अहिले सामाजिक सञ्जालमा सबैभन्दा व्यस्त हुने वर्ग चाहिं निम्न हो । निम्नवर्गका नवयुवाको हातमा एन्ड्रोइड मोबाइल पुगेको छ र मोबाइलमा अहिले धेरै थोक छ । मोबाइलले नै रेडियो, टेलिभिजन, क्यामरा तथा घडीको काम गरिरहेको छ । यति भएपछि हेर्न तथा सुन्नलाई धेरै थोक पुग्छ । क्यामराले फोटो खिच्ने र भिडियो बनाउने […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।