स्तन क्यान्सर प्रभावितले आत्मबल बढाउनुपर्छ
चितवन, ८ कात्तिक/रासस स्तन क्यान्सर प्रभावितहरूले आत्मविश्वास बढाउनुका साथै परिवारको माया, आत्मीयता र स्याहार पाउन सके रोगलाई जित्न सकिने सरोकार भएकाले बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महीना (अक्टोबर)को अवसरमा बिहीवार आयोजित ‘स्तन क्यान्सर विजेता जमघट तथा अन्तत्र्रिmया कार्यक्रम’का सहभागीले पति र परिवारको हौसला तथा स्वयंको आत्मविश्वासले रोगलाई परास्त गर्न […]
जनलोकपाल आयोग कामविहीन
जनकपुरधाम, ८ कातिक/रासस मधेसमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोग कामविहीन बनेको छ । आयोग स्थापनाको तीन वर्ष बिते पनि आयोग कामविहीन बनेको हो । आयोगका अध्यक्ष रामसहाय यादवले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बिहीवार बुझाउँदै स्रोत, साधन र जनशक्ति तथा कानूनको […]
युरोपमा मुस्लिमविरोधी भेदभावमा तीव्र वृद्धि –इयू
भिएन्ना, ८ कात्तिक/एएफपी इजरायलविरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिमविरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (इयू)को अधिकार एजेन्सीले बिहीवार जनाएको छ । ‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए)’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण शुरू भएपछि […]
सुधारोन्मुख अर्थतन्त्र
• शीतल महतो प्रमुख दुर्ई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच राजनीतिक समझदारीका आधारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपीशर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि शिथिल अवस्थामा रहेको अर्थतन्त्रमा सुधारका केही सङ्केत देखा पर्न थालेका छन् । अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्ने लक्ष्यसहित गठन भएको नयाँ सरकारको […]
असुरक्षित हुने स्थितिमा वैदेशिक रोजगार
• विश्वराज अधिकारी खाडीका देशहरूमा काम गरिरहेका नेपाली कामदारहरूको स्थिति अहिले सुरक्षित देखिए तापनि भोलिका दिनमा के होला भन्न सकिने स्थिति छैन । भोलिका दिनमा ज्यादै असुरक्षित पनि हुन सक्छ । नेपाली कामदारहरू खाडीका देशहरूबाट असुरक्षाको कारण फर्किनुपर्ने स्थिति उत्पन्न हुन पनि सक्छ । धेरै नेपाली युवाहरू एकैपटक नेपाल फर्केमा नेपालमा रोजगारको महासङ्कट उत्पन्न हुन […]
ब्रिक्सको १६औं शिखर सम्मेलन
• श्रीमन्नारायण पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी गरेका छन् । रूसको शहर कजानमा हालै सम्पन्न ब्रिक्स राष्ट्रहरूको १६औं शिखर सम्मेलनमा आयोजक राष्ट्र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसालगायतका विश्व नेताहरूको सहभागिता थियो । ब्रिक्स सम्मेलनको सफलताले एकातिर रूस–युक्रेन […]
भ्रष्टाचार र भ्रष्टाचारी
शक्तिको दुरुपयोग गरेर व्यक्तिगत लाभको लागि गरिने क्रियाकलाप भ्रष्टाचार हो । कुन हद पार गरे भ्रष्टाचार ठहर हुन्छ भन्ने कुरा सामान्यतया सम्बन्धित मुलुकको कानूनी मापदण्ड र व्यक्ति तथा समाजको नैतिक परिधि अनुसार हुन्छ । जहाँ कानूनी र नैतिक सीमा तथा लक्ष्मणरेखा उल्लङ्घन हुन्छ, त्यही भ्रष्टाचार हो । हुनत विद्वान्हरूले भ्रष्टाचारको मान्यतालाई विश्वव्यापी एउटै बनाउन विभिन्न […]
वीरगंज, पोखरिया र कलैयाका अस्पतालमा औषधि अभाव
प्रस, वीरगंज, ७ कात्तिक/ नारायणी अस्पताल वीरगंज, प्रादेशिक अस्पताल कलैया र जिल्ला अस्पताल पोखरियामा औषधि अभाव भएको छ । स्वास्थ्य बीमा गराएका बिरामीहरूले नारायणी अस्पतालमा एक महीनादेखि औषधि पाउन सकेका छैनन् भने प्रादेशिक अस्पताल कलैयामा दुई सातादेखि औषधि अभाव भएको छ । यसैगरी, पोखरियामा पनि गत साउनदेखि औषधि खरीद नभएको कारण सरकारले दिने औषधि उपलब्ध […]
सोनार हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ
प्रस, वीरगंज, ७ कात्तिक/ वीरगंज महानगर–३ प्रगतिनगर निवासी वीरेन्द्र साह सोनारको हत्या सम्बन्धमा बारा प्रहरीले पर्सा प्रहरीको सहयोगमा बुधवार मुख्य अभियुक्त विजयप्रसाद कलवारलाई पक्राउ गरेको छ । बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पर्सा प्रहरीको सहयोगमा बुधवार बिहान इनर्वाबाट कलवारलाई पक्राउ गरिएको बताए । कलवार भारत, रक्सौल घर भई हाल बहुदरमाई नगरपालिकामा […]
एक युवा पाँच बिरुवा अभियान
प्रस, परवानीपुर, ७ कात्तिक/ युवा सङ्घ नेपालले ‘एक युवा, पाँच बिरुवा’ नाराका साथ परवानीपुर गाउँपालिकामा वृक्षारोपण अभियान शुरू गरेको छ । तीन दिनसम्म चल्ने अभियानको पहिलो दिन बुधवार युवा सङ्घ नेपाल परवानीपुर गापा कमिटीले वडा नं २ मुसहरीका दुई स्थानमा वृक्षारोपण गरेको छ । नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसर र मुसहरीदेखि परवानीपुर बजार पुग्ने सडकको […]