क्षतिग्रस्त संरचनाको काम अघि बढाउन खानेपानीमन्त्री यादवको निर्देशन
प्रस, काठमाडौं, १ कात्तिक/ खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा बाढीले क्षति गरेका खानेपानी मन्त्रालय अन्तर्गतका विभागका संरचनाहरूको काम द्रुतगतिबाट गर्न निर्देशन दिएका छन् । गएको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पनौती नगरपालिकाका–२ र १२ का खानेपानीका मुहानलगायत विभिन्न संरचनामा भएका क्षतिको जानकारी लिन बिहीवार मन्त्री यादवले स्थलगत […]
भलुवाही खोलाबाट ट्याक्टर नियन्त्रण
प्रस, पंचगावाँ, १ कात्तिक/ इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले भलुवाही खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको ट्याक्टर नियन्त्रणमा लिएर पालिकाको जिम्मा लगाएको छ । बिहीवार दिउँसो ४ बजे पटेर्वासुगौली गाउँपालिका–४ स्थित भलुवाही खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको ना.६त २८८२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाईको लागि पटेर्वासुगौली गापाको जिम्मा लगाएको इप्रका, पटेर्वासुगौलीले जानकारी गराएको छ ।
समृद्धिका लागि विपन्न वर्ग कर्जाको सदुपयोग
• शीतल महतो विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्दै आएको विपन्न वर्ग कर्जा पर्याप्त मात्रामा प्रवाह हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्गमा ३ खर्ब ७ अर्ब ७९ करोड ९० लाख रुपियाँ कर्जा प्रवाह भएका छन् […]
आर्थिक विकासका लगि यो गठबन्धनले स्थिर सरकार दिनेछ ?
• विश्वराज अधिकारी स्थिर सरकार र राष्ट्रिय आर्थिक विकासबीच गहिरो सम्बन्ध हुन्छ । निर्माण भएको सरकार स्थिर भयो र त्यो सरकारले आप्mनो कार्यकालभरि काम गर्न पायो भने राष्ट्रिय आर्थिक विकासको गतिले तीव्रता पाउँछ । विनागतिरोध राज्य संयन्त्रहरूले कार्य गर्न पाउँछन् । जवाफदेहितामा वृद्धि हुन्छ । सुम्पिएको कार्य ढिलो गर्ने व्यक्ति वा निकायहरूलाई त्यस्तो ढिलाइबाट उत्पन्न […]
२०८१ कात्तिक ०२ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
एमालेलाई अभियुक्तबाट जग्गादान
• श्रीमन्नारायण नेपालको सत्ताधारी, नेकपा एमालेको निम्ति यस वर्षको दशैं माता जगदम्बाको विशेष आशीर्वादले निकै लाभकारी साबित भएको देखियो । चर्चित व्यवसायी मीनबहादुर गुरुङबाट करीब ८० करोड मूल्य बराबरको करीब ११ रोपनी जग्गा दान पाएको छ । साथै उक्त जग्गाामा पार्टीका लागि करीब ३० करोड रुपियाँ खर्च गरेर भवनसमेत बनाइदिने प्रतिबद्धता पनि व्यवसायी गुरुङबाट प्राप्त […]
लागूपदार्थ दुव्र्यसन
हाम्रो देश नेपालमा पछिल्लो समय लागूपदार्थ दुव्र्यसन तीव्ररूपमा बढिरहेको छ । यो समस्या विशेषगरी युवा पुस्तामाझ व्यापकरूपमा फैलिएको छ । यसले देशको सामाजिक संरचना र अर्थतन्त्रलाई गम्भीर चुनौती दिन थालेको छ । लागूपदार्थको सजिलो पहुँच, बेरोजगारी, मानसिक स्वास्थ्यसम्बन्धी समस्या र प्रचलित कानून कार्यान्वयनमा कमजोरीले गर्दा यो समस्या दिन प्रतिदिन जटिल बन्दै गएको हो । लागूपदार्थको […]