क्षतिग्रस्त संरचनाको काम अघि बढाउन खानेपानीमन्त्री यादवको निर्देशन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, काठमाडौं, १ कात्तिक/
खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा बाढीले क्षति गरेका खानेपानी मन्त्रालय अन्तर्गतका विभागका संरचनाहरूको काम द्रुतगतिबाट गर्न निर्देशन दिएका छन् ।

गएको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पनौती नगरपालिकाका–२ र १२ का खानेपानीका मुहानलगायत विभिन्न संरचनामा भएका क्षतिको जानकारी लिन बिहीवार मन्त्री यादवले स्थलगत अनुगमन गरेका थिए । उनले पनौताका जनप्रतिनिधि र स्थानीयवासीहरूको सहयोगमा अस्थायीरूपमा पानी आइरहेको भएपनि दीर्घकालीन समाधानको लागि योजना तयार गर्नुपर्ने बताए ।

बाढीका कारण नेपाल खानेपानी संस्थान अन्तर्गत पर्ने पनौतीमा रहेको मिनिरल वाटर उत्पादन प्लान्टमा पनि ठूलो क्षति भएको भन्दै मन्त्री यादवले सबै संरचनाको मरम्मतसम्भारको काम द्रुतगतिमा गर्ने बताए ।

अनुगमनमा बाग्मती प्रदेश सांसद कञ्चनचन्द्र बादी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख रामकुमार श्रेष्ठ र खानेपानी संस्थानका महाप्रबन्धक त्रिदेव श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।