नेपाल शिक्षक महासङ्घको भेला, आन्दोलनमा उत्रिने म्यान्डेट, तर महानगर भन्छ– शिक्षकहरू दरबन्दी अनुसार खट्न थाले
प्रस, वीरगंज, १४ भदौ/ नेपाल शिक्षक महासङ्घ पर्साको आयोजनामा शुक्रवार भेला सम्पन्न भएको छ। कुर्मी सेवा सदन रामगढवामा आयोजित भेलामा पर्साका १४ वटा स्थानीय तहका शिक्षकहरूको सहभागिता थियो। वीरगंज महानगरमा दरबन्दी मिलानको नाममा भएको अनियमित सरुवाको विरोधमा नेपाल शिक्षक महासङ्घ पर्सा आन्दोलित हुने भएको छ। आगामी दिनमा चरणबद्ध आन्दोलन घोषणा गर्न जिल्लाभरिका शिक्षकहरूसँग छलफल गर्ने […]
बालुवा प्रशोधन उद्योगका कारण रामवनवासी पीडित
प्रस, परवानीपुर, १४ भदौ/ जीतपुरसिमरा उपमहानगरपालिका–३ रामवनस्थित जय नेपाल बालुवा प्रशोधन उद्योगका कारण उद्योगवरिपरिका किसान पीडित छन्। जय नेपाल बालुवा प्रशोधन उद्योगमा डम्पिङ गरिएको बालुवा, गिट्टी वरिपरिका किसानहरूका खेतमा गएर खेत पुरिएको भन्दै किसानहरूले उद्योगविरुद्ध वडा र उपमहानगरपालिका कार्यालयमा उजूरी गरेका छन्। वर्षाको बेला उद्योगमा डम्पिङ गरिएको बालुवा र गिट्टी बगेर किसानका खेतमा पुगेको र […]
पाँच सदस्यीय पुरातत्वविद्को टोली सिम्रौनगढमा
प्रस, सिम्रौनगढ, १४ भदौ/ बाराको प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरस्थित पलकियामाई भन्ने तलेजु भवानीको इतिहासविद्, पुरातत्वविद्हरूबाट अवलोकन गरिएको छ। पुरातत्वविद् भरत साह नेतृत्वको पाँचजनाको टोलीले पलकियामाई स्थानको गहनरूपले अवलोकन गरी त्यहाँ उत्खनन नै नगरी पार्क र नयाँ भवन निर्माण हुन लागेकामा विरोध जनाएको छ। पुरातत्व विभागले गत साउन ३० गते सो क्षेत्र […]
दुई महिला ज्येष्ठ नागरिक सम्मानित
प्रस, वीरगंज, १४ भदौ/ हिन्दू महिलाहरूको सबैभन्दा ठूलो पर्व हरतालिका तीजको अवसर पारेर सशक्त कर्ण महिला समूहले दुईजना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। सशक्त कर्ण महिला समूहकी अध्यक्ष चञ्चला दासले कर्ण महिला समूहले बिहीवार राति आयोजना गरेको तीज विशेष कार्यक्रममा ८३ वर्षीय सावित्री देवी र ८१ वर्षीया ललिता देवीलाई सशक्त वरिष्ठ नारी सम्मानबाट सम्मानित […]
बीउ बैंकले आशाप्रद काम गर्न सकेन–नगरप्रमुख कलवार
प्रस, सिम्रौनगढ, १४ भदौ/ बाराको सिम्रौनगढ नगरपालिका– ८ कचोर्वामा कृषि विकास संरक्षण समाज कचोर्वा सामुदायिक बीउ बैंकको २१औं साधारणसभा शुक्रवार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारले संस्थाले २१ वर्षमा पनि आशाप्रद कार्य नगरेको आरोप लगाए। उनले यत्रो लामो समयसम्म पनि लक्ष्यअनुरूपको कार्य नभएको बताए। उनले संस्थामा देखिएका कमीकमजोरीलाई औंल्याएर […]
दुई महिलाको रिहाइ माग गर्दै प्रदर्शन
धर्मेन्द्र चौरसिया, पोखरिया, १४ भदौ/ जीराभवानी गाउँपालिकास्थित डिप्रोक्स लघुवित्त संस्थामा भएको तोडफोड घटनामा संलग्न दुईजना महिलाको रिहाइको माग गर्दै शुक्रवार वीरगंजमा प्रदर्शन भएको छ। लघुवित्त तथा वित्तीय घोषणाविरुद्धको सङ्घर्ष समिति पर्साको आयोजनामा वीरगंजको लालबङ्गलाबाट महिलाहरूले प्रदर्शन गरेका थिए। समितिका केन्द्रीय सल्लाहकार गोवद्र्धन यादव नेतृत्वको –याली जिल्ला प्रशासन कार्यालय, पर्साको गेटमा धर्ना दिएर समापन भएको थियो। […]
वैज्ञानिक समाजवादी पार्टीको बारा भेला सम्पन्न
प्रस, वीरगंज, १४ भदौ/ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको तेस्रो बारा जिल्ला भेला भदौ १३ गते बिहीवार जीतपुरसिमरा उपमहानगरपालिकाको बेहरी टोलमा सम्पन्न भएको छ। भेलामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बैधनाथ श्रमजीवीले कम्युनिस्ट पार्टीहरूमा अहिले नक्कली कम्युनिस्टहरूको बिगबिगी भएको हुनाले कम्युनिस्ट पार्टीप्रति जनतामा वितृष्णा र अनास्था बढ्दै गएको बताए। उनले सबै नास्तिक भौतिकवादी हुँदैनन् […]
सिएमसीविरुद्ध प्रमाण जुटाउन मन्त्रीको निर्देशन
प्रस, वीरगंज, १४ भदौ/ खानेपानीमन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजनाविरुद्ध इटालियाली निर्माण कम्पनी सिएमसीले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिएका छन्। मन्त्रालयमा शुक्रवार अन्तर्राष्ट्रिय कानूनी परामर्शदाता हार्वड केनेडी लन्डनका कानूनी परामर्शदाता भिक्टोरिया टाइसन, जेम्स रिडर तथा मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूसँग आयोजित छलफलमा मन्त्री यादवले मेलम्ची र […]
ज्ञानदामा वक्तृत्वकला प्रतियोगिता
प्रस, वीरगंज, १४ भदौ/ विद्यार्थीहरूको अङ्ग्रेजी भाषामा विशेष दक्षता वृद्धिका लागि शुक्रवार ज्ञानदा एकेडेमीले अङ्ग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि दिगम्बर थापाले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा यस प्रकारका गतिविधीहरू सहायक साबित हुने बताए। किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सहभागिता गराएर सबै क्षेत्रमा उनीहरूलाई अनुभवी बनाउने अभ्यास विद्यालयस्तरबाट गरिनुपर्ने सुझाए। एकेडेमीका […]
तीनवटा विद्यालयले खाजा नखुवाएको आरोप
प्रस, वीरगंज, १४ भदौ/ स्वतन्त्र मानव अधिकार समाजले शुक्रवार वीरगंज महानगरस्थित सातवटा सामुदायिक विद्यालयको अनुगमन गरेको समाजका अध्यक्ष कृष्णकुमार खनालले बताए। उनले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको हक सुनिश्चित गरिएको तथा परिवार वा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसुसार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण विकासको हक हुने भनी व्यवस्था गरिदिएको विपरीत महानगरका […]