शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीब

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

वाशिङ्टन डीसी, २६ साउन/एएनआई
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले शनिवार आप्mनी आमाले शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गरेका छन् ।

एएनआईसँग भएको एउटा विशेष अन्तर्वार्तामा सजीब वाजेद जोयले आपूm वा आप्mनो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिए।
“यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आप्mनो जीवनको अधिकांश समय बङ्गलादेशमा बिताउनुभएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आप्mनो गाउँले घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभए पनि उहाँ आप्mनो घर फर्कन चाहनुहुन्छ”– उनले भने ।

शेख हसिनाको राजनीतिमा फर्कने योजनाबारे सोधिएको प्रश्नमा उनले भने–“यस विषयमा म केही भन्न सक्दिनँ, उहाँलाई नै सोध्नुपर्छ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ छैन । मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोवास गर्दै आएका छन् । म लगभग ३० वर्षदेखि अमेरिकामा बसोवास गर्दै आएको छु । तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौं”–उनले भने ।

सजीबले बङ्गलादेशमा लोकतन्त्र र कानून व्यवस्था पुनस्र्थापना गर्न आप्mनो परिवारको प्रतिबद्धता पनि व्यक्त गरे । “हामी देशको यस्तो अवस्था देख्न सक्दैनौं । लोकतन्त्र पुनस्र्थापना गर्न, कानूनी व्यवस्था पुनस्र्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौं”–उनले भने । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।