मुख्य सडक फराकिलो हुने विषयमा महानगर नै सशङ्कित २५ मिटरभित्रै महानगरद्वारा नै निर्माण कार्य गरिंदै
प्रस, वीरगंज, २४ साउन/ वीरगंजको मुख्य सडक फराकिलो हुने विषयमा वीरगंज महानगरपालिका पछिल्लो समयमा आएर विश्वस्त हुन सकेको छैन । नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएसँगै दुई वर्षदेखि मुख्य सडक फराकिलो गर्ने विषयमा दृढ देखिए पनि अदालतले अहिलेसम्म यो विषयलाई टुङ्गो लगाउन सकेको छैन । नगरप्रमुख सिंहले अदालतबाट मुख्य सडक फराकिलो गर्ने विषयमा निर्णय भएपछि आपूm […]
जम्बो मन्त्रालय गठनप्रति जनमतको असन्तुष्टि
प्रस, वीरगंज, २४ साउन/ मधेस सरकारमा दलीय भागबन्डा मिलाउन जम्बो मन्त्रिमण्डल गठन गरेसँगै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना शुरू भएको छ । मधेसमा आफू इमानदार पार्टी रहेको जनमत पार्टीबाट मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले दलीय भागबन्डामा जम्बो मन्त्रिमण्डल बनाएको र उनीहरूको एकमात्र काम विगतमा जसपा नेपाल नेतृत्वको सरकार सरह पैसा कमाउने, लुटने जस्ता शब्दहरू लेखी […]
मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा एक वर्षमा २३ करोड राजस्व सङ्कलन
प्रस, जीतपुर, २४ साउन/ मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराले आव २०८०/८१ मा २३ करोड ३० लाख ७९ हजार ७५६ जरिवाना असुल गरी राजस्व दाखिला गरेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी गराएका छन्। उनले आव २०८०/८१ मधेसका आठ जिल्लामा छ हजार ५८ वटा दुर्घटना भएकामा ५३० जनाको मृत्यु र नौ हजार ७४५ […]
मधेस सरकारले औद्योगिक तालीम प्रदान गर्ने
प्रस, जनकपुर, २४ साउन/ मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम, धनुषाले आव २०८१/८२ देखि मधेस प्रदेशमा औद्योगिक प्रशिक्षार्थी तालीम सञ्चालन गर्ने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (ऋत्भ्ख्त्) अन्तर्गतका शिक्षालयमार्फत १४० जना बेरोजगारी युवाहरूलाई २४ महीने प्रि–डिप्लोमा तहको अप्रेन्टिशिप तालीम सञ्चालन गर्न मन्त्रालयले चारवटा शिक्षालय छनोट गरेको मन्त्रालयका शाखा अधिकृत […]
हराएकी सविता रूखमा झुन्डिएको अवस्थामा फेला
प्रस, पर्सागढी, २४ साउन/ पर्सागढी नगरपालिका–४ भेडाहा, मुसहरी निवासी एकजना युवतीले पासो लगाएर आत्महत्या गरेकी छन् । स्थानीय दीपक रामकी छोरी १८ वर्षीया सविता कुमारीले घरनजीकको अम्बाको रूखमा पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । गाउँका स्थानीयहरूले बिहान सविता रूखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीय बडनिहार प्रहरी चौकीलाई खबर गरेका थिए । […]
ब्लू डायमन्ड सोसाइटीद्वारा सञ्चारकर्मीलाई अभिमुखीकरण
प्रस, परवानीपुर, २४ साउन/ ब्लू डायमन्ड सोसाइटी काठमाडौंको आयोजनामा दुई दिने यौनिक तथा अल्पसङ्ख्यक समुदाय विषयक अभिमुखीकरण तालीम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित तालीममा कोशी प्रदेशबाहेक छवटा प्रदेशबाट छजना र काठमाडौं उपत्यकाका तीनजना गरी नौजना पत्रकारको सहभागिता थियो । राष्ट्रियस्तरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सो समुदायले भोग्नुपरेका समस्या र आगामी दिनमा सामाजिक, आर्थिक र न्यायिक […]
धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन
प्रस, वीरगंज, २४ साउन/ ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कुल परियोजना लागत नेरु ४.२६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको बिहीवार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरे । नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग […]
महिला भलिबल फ्रेन्चाइज लिग टोलीको नाम सार्वजनिक
काठमाडौं, २४ साउन/रासस नेपालमा पहिलोपटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिग टोलीको नाम बिहीवार सार्वजनिक भएको छ । इन्फिनिटी ड्रिम्सद्वारा आयोजित कार्यक्रममा प्रतियोगितामा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता हुने जानकारी दिइयो । जसमा काठमाडौं, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेसबाट टीम राखिएका छन् । इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि […]
मछिन्द्र र पुलिसको खेल बराबरीमा सकियो
काठमाडौं, २४ साउन/रासस राजधानीमा जारी ललित स्मृति एन्फा यू–१८ युथ लिग फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको मछिन्द्र फूटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा दुवै टोलीले तीन/तीन गोलको बराबरी खेल्दै एक/एक अङ्क बाँडेका छन् । खेलसँगै आठ खेलमा १५ अङ्क जोडेको मछिन्द्र चौथो स्थानमा […]
पेरिस ओलम्पिक ः अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस, २४ साउन/एएफपी सोमवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल […]