कर्तव्य–ज्यानको अभियुक्त छुुटेपछि पीडित पुनः उच्च अदालतमा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

जीतलाल श्रेष्ठ, निजगढ, १० असार/
ज्यान मार्ने मनसायले मध्यरातमा खुुकुुरी प्रहार गर्ने व्यक्तिविरुद्ध साउन ४ गते शुक्रवार बारा जिल्ला अदालतमा थुनछेक बहसका क्रममा घटनामा संलग्न भनिएका गुजरा नगरपालिका–४ रौतहट बस्ने ५४ वर्षीय मन्सुुर भनिने मनोज राजवंशी दुई लाख रुपियाँ धरौटीमा छुटेपछि पीडितले पुनः पुनरावेदनको माग गरेका छन् ।

खुुकुुरी प्रहारबाट गम्भीर घाइते भएका पीडित निजगढ–१२ रामथलीका ४० वर्षीय भीमलाल गोलेको तर्फबाट सोही ठाउँका नरेन्द्र लुङ्गवाले राजवंशीविरुद्ध सोमवार उच्च अदालत जनकपुुर अस्थायी इजलास वीरगंजमा मुद्दा पुनरावेदन दिएका छन् । पीडितले पुनरावेदन दिएसँगै निषेध गरिएको बारा जिल्ला सरकारी वकील धर्मराज पौडेलले ्जानकारी दिए ।

न्यायाधीश नरेन्द्रबहादुर बुढाको इजलासले उक्त धरौटी रकम माग गरी तारेखमा मनोजलाई छोड्ने आदेश दिएसँगै गोलेले उच्च अदालतमा पुनरावेदन गरेका हुुन् । गत असार ४ गते मङ्गलवार मध्यरातमा गोले खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थिए ।

आफन्त, छिमेकीका घरमा आउनेजाने, गाउँबस्तीमा कपडा व्यापार गर्ने भएकाले खुुकुुरी प्रहार गर्ने मनोजलाई सजिलै चिनेको घाइते गोलेले बताए ।

घटनाको दुई दिनपछि मनोज राजवंशीलाई इलाका प्रहरी कार्यालय, निजगढले चन्द्रनिगाहपुुरबाट पक्राउ गरी अनुुसन्धान थालेको थियो । गाउँघरमा सिरक, डसना बनाउने र पछिल्लो समय मोटरसाइकलमा कपडा बिक्री गर्दै आएका मनोज घाइते गोलेको घरनजीकैको आफन्त छिमेकीसँग मित साइनो लगाइ बस्दै आएका थिए । केही महीना अघि घरबेटी महिलासँगै जिलेबी खाएको दृश्य गोलेले मोबाइलमा रेकर्ड गरेको निहुँमा आफूमाथि खुकुरी प्रहार गरेको घाइते गोलेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।