प्रस, वीरगंज, १० साउन/
स्रोत नखुलेको चार लाख ४० हजारसहित एकजना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
नेपालतर्पm आउँदै गरेको बिआर ३० एसी ७९१४ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा स्रोत नखुलेको चार लाख ४० हजारसहित भारत, सीतामढी, बैरगनिया–८ बस्ने ४७ वर्षीय प्रदीपकुमार वर्मालाई गौर नगरपालिका–२ भन्सार क्ष्Fेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक विक्रम हुमागाईंले बताए । वर्माले मोटरसाइकलको भाइजरभित्र सो रकम लुकाएका थिए । पक्राउ परेका वर्मालाई कारबाईको लागि गौर भन्सार कार्यालय बुझाएको सप्रनि हुमागाईंले जानकारी गराए ।