सवारी र कबाडी करमा ठेकेदारको दादागिरी जारी
प्रस, वीरगंज, ६ साउन/ वीरगंज महानगरपालिकाले ठेक्कामार्फत उठाइरहेको सवारी व्यवस्थापन शुल्क र पटके सवारी व्यवस्थापन र जडीबुटी, कबाडी र जीवजन्तु कर सङ्कलनमा ठेकेदारले गरिरहेको अनियमिततालाई निरन्तरता दिइएको छ। वीरगंज महानगरपालिकाले चालू आव २०८१/८२ को साउन १ गतेदेखि सवारी व्यवस्थापन शुल्क र जडीबुटी, कबाडी तथा जीवजन्तु कर सङ्कलन नयाँ ठेकेदारमार्फत उठाउन शुरू गरेदेखि विवाद सिर्जना भएको […]
यस वर्ष पर्साका किसानले सहजै मल पाए
ओमप्रकाश चौधरी, सेढवा, ६ साउन/ वर्षेबाली धानबालीका लागि नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानहरूले समयमा पाउँदा सहज भएका छन्। साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले किसानहरूलाई समयमैं रासायनिक मल उपलब्ध गराउँदा किसानहरूलाई सहजता भएको हो। धान रोपाइँको दुई सातापछि छरिने डिएपी र युरिया मल यसपालि किसानहरूले सजिलै पाएका छन्। हरेक वर्ष रासायनिक […]
साउन लागेपछि हरियो तरकारीको मूल्य बढ्यो, मासुको घट्यो
प्रस, पोखरिया, ६ साउन/ वर्षा शुरू भएसँगै वीरगंज महानगरपालिका र पर्साका ग्रामीण क्ष्Fेत्रका बजारहरूमा हरियो तरकारीको मूल्य बढेको छ। अहिले पोखरिया नगरपालिका–४ स्थित बजारमा आलु रु ७०, प्याज रु ९०, भन्टा रु ८०, परवल रु ८०, काउली रु १२०, बन्दाकोभी रु ८०, गोलभेंडा रु ११०, खुर्दुनी रु ५०, बोडी रु १४०, घिरौला रु ४०, झिउनी […]
भारत–नेपाल सम्बन्धबारे विचार गोष्ठी
प्रस, वीरगंज, ६ साउन/ नेशनल युनियन अफ जर्नालिस्ट बिहार रक्सौल अनुमण्डल एकाइको आयोजनामा आइतवार ‘भारत–नेपाल सम्बन्धः विगत र वर्तमान’बारे विचार गोष्ठीसहित सम्मान कार्यक्रम सम्पन्न भएको छ। पत्रकार विपिन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको भारतका सांसद सञ्जय जयसवालले उद्घाटन गरेका थिए। उनले नेपाल–भारत सम्बन्ध सदिऔंदेखि कायम रहेको र अहिले पनि यो सम्बन्ध विगतभन्दा अझ प्रगाढ बन्दै गएको […]
गुरुपूर्णिमाको अवसरमा वृक्षारोपण
प्रस, वीरगंज, ६ साउन/ गुरुपूर्णिमाको अवसरमा वीरगंज महानगरपालिका, साहिब दरबार र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले वीरगंजको अशोकवाटिकास्थित श्मशानघाट परिसरमा वृक्षारोपण गरेको छ। कार्यक्रममा नगरप्रमुख राजेशमान सिंहले श्मशानघाट परिसर हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको बताए। उनले वीमनपाले श्मशानघाट परिसरमा हरियालीसहित सौन्दर्यीकरणको काम गरिरहेको बताए। कार्यक्रममा २३५ वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। यसैगरी, वीरगंज–२१ […]
केन्द्रीय सदस्यमा निर्वाचित सुनचाँदी व्यवसायीको स्वागत
प्रस, वीरगंज, ६ साउन/ नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित मनोजकुमार (सत्येन्द्र) सर्राफ र स्थायी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत विकाशकुमार सर्राफलाई वीरगंजमा स्वागत गरिएको छ। शनिवार काठमाडौंमा महासङ्घको दोस्रो बैठकले निर्वाचित केन्द्रीय सदस्य मनोज र मनोनीत केन्द्रीय सदस्य विकाशलाई गृहनगर वीरगंजमा स्वागत गरिएको हो। सो क्रममा पर्सा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भुलन सर्राफलाई पनि […]
बिरामी भेट्न जाँदै गरेको अधिकारी बसको ठक्करबाट घाइते
प्रस, वीरगंज, ६ साउन/ वीरगंज–कलैया सडकखण्ड अन्तर्गत नौतननजीकै सिटीराइड बसको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएका छन्। कलैयाबाट वीरगंज आउँदै गरेको ना.३ख ८५१६ नम्बरको सिटीराइड बसले आइतवार दिउँसो ठक्कर दिंदा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना निवासी ५० वर्षीय नारायण अधिकारी घाइते भएका हुन्। अधिकारी नौतनस्थित एलएस न्यूरो हस्पिटलमा बिरामी भेट्न जाँदै गर्दा बसले ठक्कर दिएको थियो। […]
दुधेश्वर महादेव मन्दिरमा साउने मेला शुरू
प्रमोद यादव, पंचगावाँ, ६ साउन/ पर्सा जिल्लाको ऐतिहासिक मुख्य धार्मिक पर्यटनस्थलको रूपमा रहेको श्री श्री १०८ श्री दुधेश्वर महादेव मन्दिर, रामभौरीभाठाधाममा आइतवारदेखि साउने मेला लागेको छ। आजदेखि शुरू भएको मेला एक महीना साउनभरि सञ्चालन हुन्छ। आजदेखि तिथिले साउन महीना शुरू भएकोले साउने मेला पनि आजबाट शुरू भएको हो। दुधेश्वर महादेव मन्दिर पूर्वमा पर्सा राष्ट्रिय निकुञ्ज […]
नेशनल इन्फोटेकमा गुरुपूर्णिमा
प्रस, वीरगंज, ६ साउन/नेशनल इन्फोटेक माध्यमिक विद्यालयले संस्कार र संस्कृतिको जगेर्ना गर्न गुरुपूर्णिमा पर्व मनाएको छ। “गुरुको सम्मान, विद्यार्थीको उत्थान” नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरूले गुरुको सम्मानमा गुरुहरूलाई रातो टीका, खादा लगाएर सम्मान गरेका थिए। कार्यक्रममा सहायक प्रधानाध्यापक अमरिश सिंहले गुरुपूर्णिमालाई समकालीन परिस्थितिसँग जोडेर परिवर्तनकारी शिक्षा प्रदान गरिनुपर्ने बताए। कार्यक्रममा विज्ञान शिक्षक अभय मिश्रले विद्यार्थीहरूको […]
ज्येष्ठ नागरिकले गुरुपूर्णिमा मनाए
प्रस, वीरगंज, ६ साउन/ ज्येष्ठ नागरिक सङ्घ, पर्साले आइतवार कार्यक्रम गरी गुरुपूर्णिमा मनाएको छ। ज्येष्ठ नागरिक पार्क वीरगंज–१५ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवालले योगगुरु रामदेव महाराज र बालकृष्णको तस्वीरमा माल्यार्पण गरेका थिए। यसैगरी, सहभागी योगसाधकहरूले पार्कमा योग सिकाउने गुरु रामप्रसाद पण्डित र निजकी पत्नीलाई गुरुदक्षिणास्वरूप दोसल्ला ओढाएर उपहार प्रदान गरेका थिए। […]