मधेसमा वार्षिक १० करोड घनफिट नदीजन्य पदार्थ उत्खनन, उत्खननका कारण पानीको स्रोत घट्दो, वनजङ्गल कटान तीव्र
प्रस, निजगढ, १ साउन/ ‘पानी देउ, सरकार, चुरे तथा वनजङ्गल जोगाऊ, देश र मधेसलाई मरुभूमि हुनबाट बचाऊ’ मूल नारा लिई गत वैशाख १६ गते मधेस प्रदेशको सप्तरीको भारदहबाट पूर्व–पश्चिम महेन्द्र राजमार्ग हँुुदै २५ दिन पैदलै हिंडेर सङ्घीय राजधानी काठमाडौं जेठ १० गते पुुगें । त्यसपछि माइतीघरमा निरन्तर आन्दोलन जारी राखें । ‘चुुरेलाई अतिक्रमण मुक्त गर’, […]
२०८१ साउन ०२ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
वीरगंज मनपाद्वारा ६१ करोड ४७ लाख राजस्व सङ्कलन
प्रस, वीरगंज, १ साउन/ वीरगंज महानगरपालिका कार्यालयले गत आव २०८०/८१ मा ६१ करोड ४७ लाख १७ हजार १३१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८०×/८१ को १० गते बसेको नगरसभाले ७५ करोड राजस्व सङ्कलन लक्ष्य निर्धारण गरेको थियो । आर्थिक मन्दीको कारण राजस्व प्रभावित हुने देखिए पनि महानगरसभाले गत पुसमा लक्ष्यलाई बढाएर ९५ […]
पोलमा रहेका होर्डिङ बोर्ड हटाइँदै
प्रस, वीरगंज, १ साउन/ वीरगंज महानगरपालिकाले मङ्गलवारदेखि विद्युत्, टेलिफोनका पोलहरूमा तारसँगै झुन्ड्याएर राखिएका होर्डिङ बोर्डहरू हटाउने कार्य शुरू गरेको छ । महानगरका सरसफाइ तथा हरियाली विकास समितिका संयोजक जयप्रकाश खेतानले इन्टरनेट, टेलिफोन, विद्युत्लगायतका तारहरू गन्जागोल अवस्थामा रहेका र यसको सफाइ कार्य बर्सेनि हुँदै आए पनि त्यसबाट आगलागीका घटनाहरू हुने गरेकाले आजदेखि पोलहरूमा राखिएका होर्डिङ बोर्डहरू […]
अपाङ्गलाई ह्वीलचेयर सहयोग
प्रस, वीरगंज, १ साउन/ उपकार सेवा नेपालले एकजना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर सहयोग गरेको छ । विन्ध्यवासिनी गाउँपालिका–३ झौवा निवासी हीरामन दास तत्वाका २२ वर्षीय छोरा अनिल दास तत्वालाई एउटा ह्वील चेयर प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालय, पर्सा आएका अनिललाई उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले ह्वीलचेयर प्रदान गरेकी थिइन् । सहायक […]
गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई ल्यापटप
प्रस, निजगढ, १ साउन/ विद्यालय शिक्षाको गुणस्तर उकास्न, शिक्षक र विद्यार्थीहरूलाई पठनपाठन गर्न सहज होस् भनेर शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ । निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर माविका ४० जना शिक्षकलाई आइतवार ल्यापटप वितरण गरिएको हो । समयसापेक्ष आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रविधिमैत्री शिक्षण सिकाइका लागि शिक्षक र विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले ल्यापटप वितरण […]
शान्तिपूर्ण तरीकाले ताजिया दाहा मनाउन प्रजिअको आग्रह
नितेश कर्ण, सर्लाही, १ साउन/ जिल्ला प्रशासन कार्यालय, सर्लाहीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ताजिया दाहाको अवसरमा शुभकामना व्यक्त गर्दै शान्तिपूर्ण तरीकाले मनाउन जिल्लावासीसँग आग्रह गरेका छन् । मङ्गलवार विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सबै धर्म समुदायबीच सामाजिक सद्भाव कायम गरी पर्व मनाउन […]
बारामा बस दुर्घटनामा १७ जना यात्री घाइते
प्रस, वीरगंज, १ साउन/ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ मा मङ्गलवार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । वीरगंजबाट नारायणगढ हुँदै भैरहवाका लागि चल्ने ना.७ख ६०७६ नम्बरको बस दुर्घटना हुँदा १७ जना यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । दुर्घटनामा परी जीतपुरसिमरा उपमनपा–७ का शङ्कर गुरुङ, कलैया उपमनपा–१८ […]
बिलको ढाँचा परिवर्तन भएपछि व्यवसायी मर्कामा
नरेश यादव, पर्सागढी, १ साउन/ नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखाले मूअकर बिलको ढाँचा परिवर्तन गरेपछि व्यवसायीहरू मर्कामा परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–७ टेढारोडस्थित विद्यार्थी पुस्तक भण्डारका सञ्चालक श्रवणकुमार शर्माले केन्द्र सरकारले बिलको ढाँचा परिवर्तन गरेपछि व्यवसायीहरूलाई मर्का परेको बताए । उनले पुरानो ढाँचामा बिल सयौं बूक छापेर राखेकामा सरकारले अचानक […]
मलेशियामा १६२ जना कामदार अलपत्र
राधेश्याम पटेल, परवानीपुर, १ साउन/ वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक मलेशियामा १६२ जना नेपाली कामदार अलपत्र परेका छन् । मलेशियाको केएलसिसी सेन्टर शहरमा उनीहरू एउटा गोदाममा खाना, पानी बेगर बसिरहेका बताइएको छ । चर्पीमा समेत पानी छैन । पानी किनेर शौच गर्नुपर्ने बाध्यता छ । तीन महीनादेखि शर्त अनुसारका काम नपाएर नेपाली कामदारहरू छटपटाइरहेका छन् […]