घामबाट आउनेबित्तिकै यस्तो गलती नगरौं

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

देशभर तापक्रम बढ्दै गएको छ। चर्काे घाम र गर्मीले जनजीवन कष्टकर बनेको छ। तातो हावाको लहर पनि चल्दैछ। गर्मीमा डिहाइड्रेशन र हिट स्ट्रोकको जोखिम बढी हुन्छ। त्यसैले सकेसम्म घामबाट जोगिनुपर्छ। गर्मी मौसममा गर्मीले मात्रै स्वास्थ्य बिग्रँदैन। कहिलेकाहीं हामी अन्जानमा केही गल्ती गर्छाैं जसले रोग निम्त्याउँछ।

चीसो कुरा तुरून्तै सेवन : गर्मीमा चीसो पानी, फ्रिजको खानेकुरा वा आइसक्रिम खान मन लाग्छ भने घामबाट फर्कनेबित्तिक खाने गलती गर्नुहुँदैन। अत्यधिक गर्मीका कारण शरीरको तापक्रम पहिले नै बढेको हुन्छ, यस्तो अवस्थामा चीसो खानेकुरा खाँदा अचानक शरीरको तापक्रम परिवर्तन हुन थाल्छ, जसले स्वास्थ्य बिग्रिन सक्छ।

नुहाउने : गर्मीमा चीसो पानीले नुहाउँदा निकै रमाइलो लाग्छ। शरीरले शीतल र ताजा महसूस गर्छ। तर घामबाट आएपछि तुरुन्तै नुहाउनुभयो भने यसले तपाईंको स्वास्थ्य बिगार्न सक्छ। यस्तो अवस्थामा नुहाउनु अघि शरीरलाई सामान्य तापक्रममा चीसो हुन दिनुपर्छ।

एसी वा कूलरअगाडि बस्ने : घामबाट फर्केपछि एसी वा कूलरको चीसो हावामा बस्दा निकै आराम लाग्न सक्छ तर यो गलती तपाईलाई महँगो पनि पर्न सक्छ। तापक्रममा अचानक आएको परिवर्तनले चीसो लाग्ने, खोकी र एलर्जीजस्ता समस्या निम्त्याउँछ। यस्तो अवस्थामा घामको कडा किरणले शरीर तातेको हुन्छ र शरीर सामान्य तापक्रममा नभएसम्म केही समय पङ्खामा बस्नुपर्छ।

भारी खानेकुरा खाने : गर्मीमा भारी र भुटेको खानेकुरा पचाउन गा–हो हुन्छ, खासगरी चर्काे घाममा समय बिताएर फर्केपछि। यस्तो अवस्थामा फलपूmल, सागसब्जी र दही समावेश गरी हलुका र पौष्टिक खाना खानुपर्छ। यसो गर्दा पेट भरिएको महसूस हुन्छ र पाचन पनि राम्रो हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।