सर्लाही र रौतहटका किसानहरूले अहिले धमाधम सफेदाका रूखरू काट्न थालेका छन्।
सफेदाको रूखका कारण वर्षा हुन समस्या हुनुका साथै एउटा सफेदाको रूखले दैनिक ३० देखि ९० लिटर पानी सोस्ने गरेको भन्दै किसानहरूले सफेदाका रूखहरू कटान गरिरहेको एकजना किसानले बताए। उनले दैनिक एउटा सफेदाको रूखले ९० लिटरसम्म पानी सोस्दा खेत सुक्खा हुने क्रम बढेको र उर्वराशक्ति कमजोर हुने गरेको कारण सफेदाका रूखहरू कटान गर्नुपरेको बताए।
सफेदाका रूख भएका स्थानमा चापाकल, इनार, पोखरी, ताल, खोला, सिमसार क्षेत्र सुक्ने क्रम बढेको ती किसानको भनाइ छ। सफेदाका पातमा भएको अम्लले वर्षामा बाधा पु–याउने गरेको किसानहरू बताउँछन्। पातको अम्लले वर्षाका लागि तयार हुने बादल तयार हुन नदिने गरेको र पानीको वाफसँग रासायनिक प्रतिक्रिया गरी पानीरहित बादल बनाउने गरेको कारण अहिले सर्लाही र रौतहटमा लगाइएका सफेदाका रूखहरू कटान गरिएको बताइन्छ।
रौतहट र सर्लाहीमा थुप्रै किसानले सफेदाका रूखहरू रोपेका थिए र अहिले पानीको हाहाकार हुनुमा सफेदा रूखको विशेष भूमिका भएको चाल पाएपछि धमाधम कटान गरिरहेका छन्।