नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले मदन–आश्रितले देखाएको बाटोमा हिंड्न सकेमा मुलुक समृद्ध हुने बताएका छन्।
३१औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अहिले बढेको बताए।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटीका सदस्यहरू सुन्दर विक, किशोर शर्मा, चयन गुरुङ, जिल्ला कमिटी उपसचिव भावना आचार्यलगायतले श्रद्धासुमन अर्पण गरेका थिए।
जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष भोलाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण त्रिलोक विक्रम ठकुरीले र स्वागत झापेन्द्र बरालले गरेका थिए।