पर्सा पूर्ण खोप जिल्ला घोषणा
प्रस, वीरगंज, ३ जेठ/ पर्सा जिल्ला पूर्णखोप जिल्ला घोषित भएको छ। बिहीवार वीरगंजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोद यादवले पर्सा जिल्लालाई पूर्णखोप जिल्ला घोषित गरेका थिए। खोप समन्वय समितिका प्रमुख डा मुक्तिनारायण साहले लामो प्रयासपछि पर्सा जिल्ला पूर्णखोप जिल्ला घोषणा भएको बताए। उनले सन् २०२२ मा नेपाल जनसङ्ख्या, […]
२०८१ जेठ ०४ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्
बालगङ्गा खोलामा उत्खननले हदै पार गर्यो
प्रस, निजगढ, ३ जेठ/ जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साह नेतृत्वको टोलीले बिहीवार पनि नदीखोलाको अनुगमन गरेको छ। आज बालगङ्गा खोलाको उत्खनन रोक्दै नदीजन्य पदार्थ ओसारपोसारमा जिसस प्रमुख साहले रोक लगाएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने पसाहा, बालङ्गा र दुुधौरा खोलाको स्थलगत अनुुगमन गर्दै बालगङ्ग खोलामा भइरहेको नदीजन्य पदार्थको चरम उत्खनन, दोहन भएको ठहर गर्दै […]
छोराको हत्या आरोपी आमा पक्राउ
प्रस, वीरगंज, ३ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले आफ्नै पाँच महीनाको छोराको हत्या गरेर फरार भएकी आमालाई नौ महीनापछि पक्राउ गरेको छ। जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले २०८०/४/२७ गते बिहान घरमा कोही नभएको बेला वीरगंज महानगरपालिका–१७ अलौं निवासी २२ वर्षीया आरती कुमारीले आफ्नो पाँच वर्षको छोरालाई घाँटी थिचेर हत्या गरी फरार […]
सामाजिक, आर्थिक अपराध नियन्त्रण गर्छु –प्रउ खड्का
प्रस, परवानीपुर, ३ जेठ/ बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले आफ्नो कार्यकालमा कुनै पनि प्रकारका अनधिकृत कार्यलाई बढावा नदिने बताएका छन्। प्रतीक दैनिकसँगको कुराकानीमा उनले आफूले जिल्लाको कार्यभार सम्हालेपछि सामाजिक, आर्थिक अपराधहरूलाई न्यूनीकरण गर्नेगरी काम अगाडि बढाएको दाबी गरे। उनले सीमामा रहेका सबै चौकी इन्चार्जलाई भन्सार छलीका सामान नियन्त्रणमा तदारूकता देखाउन र उनीहरूले गलत गरेको पाइए […]
विनाश होइन, विस्तार गरौं
बारा जिल्ला निजगढ नगरपालिका–९ स्थित आदर्श सदाबहार सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको करीब एक बिघा जग्गा विगत चार वर्षदेखि वीरगंजको रञ्जन निर्माण सेवाले अनधिकृतरूपमा उपभोग गर्दै आएको छ। सो निर्माण सेवाले वनको जग्गामा अस्फाल्ड बेचिङ प्लान्ट सञ्चालन गर्दै आएकोमा अहिले बल्ल चार वर्षपछि वन उपभोक्ता समूहको आँखा परेको छ। अस्फाल्ड बेचिङ प्लान्टबाट सो ठेकेदार कम्पनीले […]
मदन–आश्रितले देखाएको बाटोमा हिंड्न सुझाव
प्रस, वीरगंज, ३ जेठ/ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले मदन–आश्रितले देखाएको बाटोमा हिंड्न सकेमा मुलुक समृद्ध हुने बताएका छन्। ३१औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अहिले बढेको बताए। कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटीका सदस्यहरू […]
सांसदको घरअगाडिबाट मोटरसाइकल चोरी
प्रस, वीरगंज, ३ जेठ/ वीरगंज महानगरपालिका–११ नयाँबस्तीस्थित सांसद राजकुमार गुप्ताको घरअगाडिबाट बिहीवार दिउँसो मोटरसाइकल चोरी भएको छ। सर्लाही जिल्लाको लक्ष्मीपुर निवासी सञ्जीव कुमार आज मोटरसाइकलबाट ससुराली घर आएका र सांसद गुप्ताको गेटअगाडि पार्किङ गरेर राखेको पल्सर मोटरसाइकल चोरी भएको बताइएको छ। चोरले मास्क लगाएर आएको र मोटरसाइकलको लक खोली विनाहेलमेट चलाएर गएको सांसद गुप्ताको घरमा […]
ठाराब क्याम्पसका संस्थापक र दाताको प्रतिमा स्थापित
प्रस, वीरगंज, ३ जेठ/ वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा क्याम्पसका संस्थापक तथा दाताहरूको प्रतिमा बिहीवार अनावरण गरिएको छ। क्याम्पसका संस्थापक एंव दाताद्वय स्व महावीरप्रसाद र स्व रघुवीररामको अर्धकदको प्रतिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बरालले अनावरण गरेका थिए। त्रिभुवन विश्वविद्यालयभन्दा जेठो ठाकुर राम बहुमुखी क्याम्पस विसं २००९ सालमा स्थापना भएको थियो। वीरगंजका समाजसेवी एवं […]
एमाले सर्लाही अध्यक्षमा पुनः साह
बरहथवा (सर्लाही), ३ जेठ/रासस नेकपा (एमाले)को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित भएका छ। एमालेको नवौं जिल्ला अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेल, सचिव डिल्लीप्रसाद अधिकारी, उपसचिव (खुला)मा बलराम एस्माली मगर र उपसचिव (महिला)मा विभा नेपाल निर्वाचित भएका छन्। यस्तै, […]