वीरगंज महानगरद्वारा नौ महीनामा गत वर्षको तुलना तीन करोड बढी राजस्व सङ्कलन
प्रस, वीरगंज, २ वैशाख/ वीरगंज महानगरपालिकाले नौ महीनामा ३६ करोड ७६ लाख नौ हजार ३९८ राजस्व सङ्कलन गरेको छ । चालू आवमा महानगरले ७० करोड राजस्व सङ्कलनको लक्ष्य लिएकोमा नौ महीनामा ३६ करोड मात्र राजस्व सङ्कलन भएको छ । थप तीन महीनामा महानगरले लिएको राजस्व सङ्कलन लक्ष्य पूरा नहुने सङ्केत देखा परेको छ । आर्थिक […]
श्रीसिया नदी चैती छठमा पनि प्रदूषित नै रह्यो । नदी प्रदूषित भएको कारण चैती छठ मनाउनेहरूले चापाकलमा मोटर जडान गरी नदीछेउमा खाल्डो खनी पानी जम्मा गरेर जलाशय बनाइ छठ पूजा गरेका छन् । सोही क्रममा श्रीसिया नदीछेउमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पूजा गर्दै एकजना व्रतालु । तस्वीरः प्रतीक
गुुम्बाका विद्यार्थीलाई पाठ्यसामग्री र पोशाक सहयोग
प्रस, निजगढ, २ वैशाख/ निजगढ नगरपालिकाका निवर्तमान प्रमुख सुरेशकुमार खनालकी पत्नी विनीता खनालको जन्मदिनको अवसरमा नयाँ वर्षका दिन गुम्बाका विद्यार्थीहरूलाई पाठ्य सामग्री र पोशाक प्रदान गरिएको छ । निजगढ नगरपालिका–१० लाल स्थित पाल्युल साम्तेलिङ गुम्बामा अध्ययनरत ३३ जना बौद्ध धर्ममार्गी विद्यार्थीहरूलाई किताब, कापी, कलम, पोशाकलगायतका पाठ्य सामग्री प्रदान गरिएको हो । हिजो शनिवार निवर्तमान नगरप्रमुुख […]
उपाधिका लागि सोमवार मच्छिन्द्र र पुलिसबीच प्रतिस्पर्धा
प्रस, वीरगंज, २ वैशाख/ १४औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ‘ए’ डिभिजनका दुर्ई टोली मच्छिन्द्र फूटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रङ्गशालामा सोमवार राति हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने तयारी गर्दैछन् । सिमरा रङ्गशालामा आइतवार बिहान भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र बाजे दुवैले […]
सोध–खोज
• कुमारबन्धु रुपाखेती लाजको पसारो डाक्टरलाई भगवान् र अस्पताललाई स्वास्थ्यको मन्दिर भनिन्छ । तर नक्कली डाक्टर, नक्कली औषधि, म्याद गुज्रेका औषधिले थुप्रै अस्पताल बदनामीको शिखरमा छन् । अस्पताल, स्कूल, कलेज, राजनीति, प्रशासन आदि सबै क्षेत्रमा लाजको पसारो लागेको देखिन्छ । नेपालका अस्पतालहरू महँगा छन्, दाम अनुसारको काम छैन भन्ने आरोप लाग्दै आएको छ । नेशनल […]
शिक्षण व्यवसायप्रति इमानदारिताको खाँचो
शिक्षकको अर्थ नै सिकाउने व्यक्ति हुन्छ । सिक्नु र सिकाउनु एउटै क्रियाका दुई पाटा हुन् । सिकाउने व्यक्ति त्यो हो, जो आपूm सिकेर दक्ष भइसकेको हुन्छ । यस कारण सिक्नेभन्दा ठूलो अर्थात् ‘गुरु’ हुन्छ । ‘गुरु’ पद पाएर पनि यदि कोही शिक्ष्Fार्थीप्रति इमानदार हुन सकेन भने अरू कसप्रति इमानदार हुन सक्छ । तर वर्तमानमा शिक्षकहरूको […]
हिउँदे अधिवेशन
सङ्घीय संसद्को हिउँदे अधिवेशन नववर्षको दोस्रो दिन वैशाख २ गते आइतवारदेखि सकिएको छ । यसपटकको हिउँदे अधिवेशनमा केवल २३ वटा बैठक भए । गत माघ २२ गतेदेखि हिउँदे अधिवेशन शुरू भएको थियो । ७० दिनको हिउँदे अधिवेशनमा २३ दिन मात्र बैठक बस्यो भने घण्टाको गणनाले ८१ घण्टा ५५ मिनेट । यो अधिवेशनमा पहिलो र दोस्रो […]