प्रस, पोखरिया, २ वैशाख/
श्रद्धा र भक्तिका साथ मनाइने चैती छठ पर्वको मुख्य दिन आइतवार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाएका छन् ।
चैत शुक्ल पक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन आज षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको हो । आज व्रतालुहरूले निर्जल उपवास बसी नदी, पोखरी, तलाउलगायत जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
वीरगंज महानगर–१० घडीअर्वा पोखरी, रानीघाट, नगवा, छपकैया र पर्सा जिल्लाका विभिन्न स्थानका छठघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइएको छ । सूर्य भगवान्को पूजापाठ गर्न र अघ्र्य दिनका लागि गहुँ वा चामलको पीठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै, मूला, गाजर, बेसारका बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीफल (सिङ्गडा), सुथनी, उखुलगायतका फलपूmल पनि अघ्र्यमा चढाइन्छ ।
छठ पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन भोलि सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन हुन्छ । आज २४ घण्टा व्रतालुहरू उपवास बस्छन् । वर्षमा दुईपटक कात्तिक र चैत महीनामा छठ पर्व मनाइने गरिन्छ ।