तीनवटा वडामा तीन महीने तालीम राम्ररी सिक्नु, राम्ररी सिकाउनु –नगरप्रमुख चौहान
प्रस, पोखरिया, ३० चैत/ पोखरिया नगरपालिका–७, ८ र ९ मा शुक्रवारदेखि महिलाहरूका लागि तीन महीने सिलाइकटाइ तालीम शुरू भएको छ । नेपाल राष्ट्रिय योजना आयोग र पोखरिया नगरपालिकाको सहयोगमा कम्युनिटी डेभलपमेन्ट सेन्टर प्रालि वीरगंजद्वारा आयोजित पोनपा–९ शिवबर्वाको तालीमको उद्घाटन नगरप्रमुख प्रद्युम्न चौहानले गरेका थिए । उनले सीपको अभावमा महिलाहरू रोजगारविहीन बसेकाले सीप सिकाएर स्वरोजगार बनाउने […]
मच्छिन्द्र जीतपुरसिमरा गोल्डकपको उपाधिनजीक
प्रस, सिमरा, ३० चैत/ जगदम्बा स्टील १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा मच्छिन्द्र फूटबल क्लब प्रवेश गरेको छ । शुक्रवार राति सिमरा रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० गोलअन्तरले पन्छाउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिवार एपिएफ र पुलिसबीच हुने खेलको विजेतासँग भिड्नेछ । मच्छिन्द्रको जीतमा विमल घर्तीमगर […]
मानवीय हरकतले चकित शुभकामना
“बेमन के बियाह, कनपटी में सेनुर” भन्ने प्रसिद्ध भोजपुरी लोकोक्ति रीत पु¥याउने सन्दर्भमा प्रयोग गरिन्छ । बिहे गर्न मन नभएको बेहुलाको ध्यान अन्यत्र हुँदा सिउँदोमा लगाउनुपने सिन्दुर कन्चटमा लाग्न पुग्यो । त्यस कारण शुभकामनाको मानक कागलाई काफल पाक्यो हर्ष न विषाद भनेझैं अवस्थामा छ । किनभने हिजोआज रीत पु-याउने कार्यमा बढी भइरहेको छ । वर्तमान […]
टोक्सिकोलोजी वा विषविज्ञान : १
पाठकवृन्द गताङ्कसम्म मानसिक डिजार्डरको विवेचना सकियो । आजदेखि टोक्सिकोलोजी वा विषविज्ञान र खासखास विषको विवेचना हुनेछ । विषको उत्पत्ति, उत्पादन, प्रभाव तथा उपचारको वर्णन गर्ने विज्ञानलाई विषविज्ञान भनिन्छ । यसो त भनिन्छ कि हरेक औषधि विष हो र विष पनि औषधि हो । फरक केवल मात्राको हुन्छ । यो सम्पूर्ण संसार नै केवल नियम र […]
‘अन्तर्दृष्टि’भित्र एक दृष्टि
नेपाली साहित्यकारमध्ये निकै कमका हिन्दीमा पुस्तक प्रकाशित छन् । अझ हिन्दी लघुकथाको कृति त अत्यन्तै न्यून छ । नेपाली लघुकथा र हिन्दी लघुकथामा केही भिन्नता अवश्य देखिन्छ । हिन्दी लघुकथाको मूल प्रवृत्ति अहिलेसम्म कथाको छोटो रूप वा लघुआकारको कथा हो तर नेपाली लघुकथाले भने स्पष्ट दिशानिर्देशसहित विकास भइसकेको छ । यद्यपि हिन्दी लघुकथामा पनि अब […]
आजको आवश्यकता : वैचारिक पुनर्जागरण
आज नयाँ वर्षको पहिलो दिन अर्थात् २०८१ वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन नेपालीहरूले यतिबेला आआप्mनो घर आFगनमा हर्षोल्लासका साथ मनाइरहेका छन् । यो दिनमा खासगरी नेपालीहरूले एक अर्कोलाई उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिनेलिने गर्छन् । यस दिन प्रत्येक वर्ष पोस्टकार्ड तथा प्रत्यक्ष भेटघाटमा मौखिक वा नेट–इन्टरनेटको माध्यमले एक अर्कोलाई सुख, शान्ति, समृद्धि, […]
नयाँ वर्ष–२०८१
नयाँ वर्ष–२०८१ शनिवारदेखि शुरू भएको छ । अघिल्लो वर्ष जेजस्तो भएपनि नयाँ वर्षमा राम्रो हुने चाहना सबैले गरेका हुन्छन् । यही आशा र विश्वासमा नयाँ वर्ष मनाइन्छ । यसपटक संयोगले नयाँ वर्ष २०८१ सँगै हिन्दू र मुस्लिमका पर्वहरू जोडिएका छन् । हिन्दूहरूको चैती दशैंको क्रममा अहिले नवरात्र चलिरहेको छ भने नयाँ वर्षकै दिन मुस्लिम समुदायले […]