मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, २० चैत/
सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर र प्रसौनीबीच हुलाकी सडकखण्डमा मङ्गलवार राति मोटरसाइकल दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् ।

गण्डक नहरदेखि उत्तरतर्फ आज साँझ सात बजे दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकलका चालक घाइते भएकामा जगरनाथपुर गापा–४ सुपुर निवासी हरिन्द्र चौधरीको निधन भएको छ भने अर्का चालक वीरगंज महानगरपालिका वडा नं ३ निवासी जावेद आलम सिकिस्त घाइते छन् ।

दुर्घटना हुँदा उनीहरू बेहोश अवस्थामा थिए । एम्बुलेन्समा राखी उनीहरूलाई उपचारका लागि वीरगंज पठाइएको प्रहरी चौकी महुवनले जनाएको छ ।

दुवै मोटरसाइकलमा चालक मात्र रहेका र उनीहरू बेहोश अवस्थामा भएका बखत उनीहरूको तत्काल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।