प्रस, वीरगंज, १९ चैत/
सशस्त्र प्रहरीले सालको गोलिया र भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वार्टरका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक देवेन्द्र सिंहले वीरगंज महानगर–३१ भेडिहारीबाट सुरक्ष्Fा बेस बेलवा र सबडिभिजन वन कार्यालय सबैयाको टोलीले दुईजना तस्करसहित २० क्युफिट सालको गोलिया र आरा बरामद गरेको बताए ।
उनले आराबाट गोलिया चिरान गर्ने क्रममा दुईजना पक्राउ परेको र उनीहरूलाई कारबाईको लागि सबडिभिजन वन कार्यालय सबैयाको जिम्मा लगाएको बताएका छन् ।
यसैगरी, सशस्त्र प्रहरीको टोलीले वीरगंज महानगर–७ रेलवे रोडबाट भन्सार छलीको कुर्ता, सुरुवाल, जुत्ता, काजु गरी करीब साढे आठ लाख रुपैयाँको सामान बरामद गरेको बताएका छन् ।
उनले कुर्ता सुरुवाल ८५ थान, टप ७५० थान, जुत्ता ७६ जोर र काजु २३० किलो बरामद गरिएको बताए ।
सशस्त्र प्रहरीको टोलीले आजै वीरगंज–१६ भन्सार गेटनजीकबाट भारतबाट नेपाल भिœयाइएको एक लाख २२ हजार मूल्य बराबरको कपडा बरामद गरेको प्रवक्ता सिंहले बताए । बरामद भन्सार छलीका सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको उनले बताएका छन् ।