प्रस, वीरगंज, १९ चैत/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमवार ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आगजनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
आदर्शनगर क्ष्Fेत्रमा रहेका होटल तथा सो क्ष्Fेत्रबाट आवागमन गर्ने सवारी, पैदल यात्रीहरूलाई आगजनीसम्बन्धी जनचेतनामूलक पर्चा वितरण गरिएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष्F प्रकाश खेतानले बताए ।
कार्यक्रममा ग्रीनसिटीका अजय शर्मा, प्रहरी वरिष्ठ हवलदार विवेकराउत कुर्मी, हवलदार प्रेम राम, ट्राफिक हवलदार नवीनराम पटेल, राहुल पाठक, प्रहरी जवान पूर्णकुमारी श्रेष्ठलगायतको सहभागिता थियो ।