पोखरियामा रकम लुटियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

दिनेश कुमार मिश्र, वीरगंज, १६ चैत/
पोखरिया नगरपालिका वडा नं ३ वसन्तपुरमा एक लाख ९० हजार लुटिएको छ । उक्त रकम ५५ वर्षीय शम्भु गिरीले स्वावलम्बन वित्तीय बैंकबाट छोराको बिहे गर्न ऋण लिएका थिए । स्वावलम्बन वित्तीय बैंकले गिरीलाई लुम्बिनी विकास बैंकको चेक दिएर पठाएको थियो ।

पोखरियास्थित लुम्बिनी विकास बैंकबाट रकम निकालेर धोबिनी गाउँपालिका–३ हरिहरपुर घर जान लाग्दा पोखरिया वडा नं ३ वसन्तपुर पुलनिर समूहमा रहेका तीनजनाले रकम लुटेरे भागेको पीडित गिरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।