प्रस, परवानीपुर, १६ चैत/
रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
बिहीवार क्लबले अस्पताललाई पूर्ण स्वचालित विभिन्न किसिमका उपकरण हस्तान्तरण गरेको क्लबकी अध्यक्ष रेषु अग्रवालले बताइन् ।
एक्सिस गु्रपको सहयोगमा कलैया अस्पतालको लागि मेड टेक डोनेशन ड्राइभ परियोजना अन्तर्गत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अजय गुप्तालाई अत्याधुनिक चिकित्सा उपकरणहरू सहयोग गरिएको उनले बताइन् ।
कार्यक्रममा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका चन्दन सिंह, नन्दन चौरसिया, रोट्र्याक्ट क्लबका नकुल गुप्तालगायतको सहभागिता थियो । प्रदान गरिएकाअत्याधुनिक उपकरणले अस्पतालको क्षमता वृद्धि गर्ने र बिरामी स्वास्थ्योपचारका सहयोग गर्ने क्लबका दीपु वर्णवालले बताए ।