प्रशासनिक भवनको शिलान्यास

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, ४ चैत/
राजदेवी नगरपालिकामा नगरप्रमुख भिखारीप्रसाद यादवले प्रशासनिक भवनको शनिवार शिलान्यास गरेका छन् ।

पालिकाले नौ कट्ठा १० धुर जग्गा खरीद गरी ११ करोड ९४ लाख रुपैयाँको लागतमा चार तले भवन निर्माणको लागि ठेक्का गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताए ।

शिलान्यास कार्यक्रममा उपप्रमुख राजकुमारी साह, इन्जिनीयर सञ्जय पाण्डे, योजना प्रमुख पङ्कज मिश्र, सूचना अधिकारी चन्द्रभूषण यादव, वडाध्यक्ष विजयशङ्कर यादव, रामईश्वर यादव, विश्वनाथ साहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।