निश्शुल्क दन्त शिविर सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ४ चैत/
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बारा, तेलकुवामा दन्त शिविर सम्पन्न भएको छ ।

महागढीमाई नगरपालिका–७ तेलकुवामा भएको शिविरमा २०९ जना लाभान्वित भएका नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए । शिविरमा २८ जनाको दाँत निकालिएको थियो भने निश्शुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरमा डा अविनाश सिंह, डा हरेन्द्रमोहन सिंह, डा राजेश साह, डा सुर्बी मिश्र, डा सीमा यादवलगायतले दन्त परीक्ष्Fण गरेका थिए । कार्यक्रममा नगरप्रमुख उपेन्द्रप्रसाद यादव, वडाध्यक्ष शिवेन्द्रप्रताप सिंहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।