काठ चिरान गरिरहेको अवस्थामा एकजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बलिराम शुक्ला, बिरुवागुठी ४ चैत/
पर्सागढी नगरपालिका–१ मनवा गाउँबाट सालको गोलिया चिरान गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

विन्ध्यवासिनी कोइलाभार वन क्षेत्रबाट काठ तस्करी गरी मनवास्थित रामायण चौधरीको आँगनमा काठ चिरान गरिरहेको अवस्थामा साझेदारी वनका अध्यक्ष रिजवानुल अन्सारी नेतृत्वको टोलीले सखुवाप्रसौनी गाउँपालिका–१ सियरहीका ४५ वर्षीय हरदेवप्रसाद उरावलाई पक्राउ गरेको हो ।

टोलीले सो स्थानबाट बरामद गोलिया र हाते आरासहित उरावलाई कारबाईको लागि डिभिजन वन कार्यालय पर्सा पठाउने अध्यक्ष अन्सारीले बताए । सो कार्यमा संलग्न अर्का एक व्यक्ति र घरधनी रामायण चौधरी फरार रहेका र उनीहरूको खोजी भइरहेको सबडिभिजन वन कार्यालय, बडनिहारका सुबेदार विनोदप्रसाद कुर्मीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।