वित्तीय साक्षरतासम्बन्धी गोष्ठी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

न​रेश यादव, ​पर्सागढी ४ ​चैत/
पर्सागढी नगरपालिका–३​ बडनिहारस्थित आशा लघुवित्त वित्तीय​ ​संस्थाले वित्तीय साक्षरता तथा ​केन्द्र प्र​मुख ​गोष्ठी सम्पन्न ​गरेको छ।

नगरप्रमुख गोकर्ण पाठकले​ कार्यक्रमको उद्घाटन गर्दै वित्तीय​ संस्थाबाट ऋण लिएर सदुपयोग गर्न​ ​सुझाव दिए । उनले ऋण लिएर व्यापार​ ​गर्दै बचत गर्न​ ​आग्रह गरे।

लक्ष्मीकुमारी कोइरालाको​ अध्यक्षतामा भएका ​कार्यक्रममा ​अनुगमन अधिकृत उत्तमकुमार कार्की​, जनता माध्यमिक विद्यालय व्यवस्थापन​ समितिका अध्यक्ष रामायण ​चौधरी तथा ५३ वटा समुहका ​प्रमुखहरुको सहभागिता​ ​थियो।

​कार्यक्रममा स्वागत उपशाखा ​प्रमुख मन​मोहन पनिहर र सहजीकरण लक्ष्मी​ खत्री ​बुढाथोकीले ​गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।