छात्राहरूको फोटो खिचेर अश्लील फोटो बनाउने युवक पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

सुग्रीव साह, भिस्वा, ४ चैत/
इलाका प्रहरी कार्यालय, पोखरियाले अश्लील तस्वीर, भिडियो बनाउने एकजना युवकलाई पक्राउ गरेको छ ।

छिपहरमाई गाउँपालिका–५ बस्ने शाहजाद अहमदलाई प्रहरीले अश्लील भिडियो, तस्वीर बनाएको आरोपमा पक्राउ गरेको हो । उनीबाट आठ सयभन्दा बढी अश्लील तस्वीर, भिडियो बरामद भएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्ष्Fक मोहनविक्रम केसीले बताए ।

शाहजाद अहमदले गाउँटोलका महिला र विद्यालय जाने छात्राहरूको तस्वीर खिच्ने र अश्लील फोटो बनाएर साथीभाइलाई देखाउने कार्य गर्दै आएका थिए । सोही क्रममा निजसँग अश्लील भिडियो, तस्वीर रहेको थाहा पाएका स्थानीय युवकहरूले शाहजाद अहमदलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।