काली कम्बलवाला बाबाको शिविरमा प्रहरी हस्तक्षेप
प्रस, वीरगंज, ४ चैत/ वीरगंज चिनी कारखानाको खाली जग्गामा सञ्चालित भारतीय काली कम्बलवाला बाबाको शिविरमा आइतवार प्रहरीले हस्तक्षेप गरी बन्द गराएको छ । बाबालाई पर्सा प्रहरीले नियन्त्रणमा लिन खोज्दा कथित भक्तजनहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । आज दिउँसो शिविरमा प्रहरीले हस्तक्षेप गरी बाबालाई नियन्त्रणमा लिई बेपत्ता बनाएको शिविरमा आएका मानिसहरूको भनाइ छ । यता प्रहरीले […]
२०८० चैत ०५ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
आठ दिनमा राउन्ड टेबुलद्वारा नौ स्थानमा रक्तदान, ३० जना महिलासहित ४६५ जना सहभागी
प्रस, वीरगंज, ४ चैत/ राउन्ड टेबुल नेपाल टेबुल नं ८ ले फागुन २६ गतेदेखि शुरू गरेको आठ दिने रक्तदान कार्यक्रममा ३० जना महिलासहित ४६५ जना सहभागी भएका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । राउन्ड टेबुल नेपालले परवानीपुरबाट रक्तदान कार्यक्रमको शुभारम्भ गरेको थियो । त्यसपछि क्लार्क रिसोर्ट, भरतचोक कलैया, आदर्शनगर वीरगंज, मारुती फर्मा […]
भूमिहीनको विपक्षमा स्थानीय तह –अध्यक्ष अहमद
प्रस, वीरगंज, ४ चैत/ पर्सामा निर्वाचित जनप्रतिनिधिहरूले भूमिहीनको पक्षमा आवाज उठाउन नसकेको राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति पर्साका अध्यक्ष तबरेज अहमदले आरोप लगाएका छन् । नेपाल पत्रकार महासङ्घ पर्सा शाखामा भएको पत्रकार सम्मेलनमा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीहरूको हकमा आयोगले काम गरे पनि भूमि दिलाउन मुख्य भूमिका स्थानीय पालिकाको रहेको अध्यक्ष अहमदले बताए । […]
आलोचना भएपछि एक्स्पो सञ्चालकले राजस्व तिरे
प्रस, वीरगंज, ४ चैत/ फागुन २ गतेदेखि वीरगंजको रातो बङ्गलामा सञ्चालन भइरहेको दोस्रो वीरगंज फूटवेयर एक्सपोले महानगरपालिकालाई एक सातापछि राजस्व बुझाएको देखिन आएको छ । दोस्रो वीरगंज फूटवेयर एक्सपो महानगरको बिपी उद्यान (रातो बङ्गला)मा फागुन २ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आउनुअगाडि राजस्व बुझाउनुपर्ने थियो तर एक्स्पोले राजस्व नबुझाएर एक साता सञ्चालनमा ल्यायो । […]
चुरे पहाड विनाश गरेको भन्दै चिनियाँ कम्पनीविरुद्ध प्रदर्शन
प्रस, वीरगंज, ४ चैत/ चुरे तथा वनजङ्गल संरक्षण अभियानले आइतवार वीरगंजमा प्रदर्शन गर्दै चिनियाँ कम्पनीविरुद्ध नाराबाजी गरेको छ । सिराहा, सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा चिनियाँ कम्पनीले चुरे पहाडको विनाश गरेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘बिआरआई परियोजना खारेज गर’, ‘नेपालमाथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर’, […]
डा राउतद्वारा भ्रष्टाचारीलाई पक्राउ गरेकोमा सरकारको प्रशंसा
प्रस, वीरगंज, ४ चैत/ जनमत पार्टीका अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउतले अहिलेको सरकारले भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिहरूलाई पक्राउ गरेकामा प्रशंसा गरेका छन् । उनले ठूलाहरूको संलग्नतामा भ्रष्टाचार बढेकोले देशमा सुशासन कायम नभएको बताए । तत्काल चालिएका यी कदमले निरन्तरता पाउनुपर्ने र अकूत सम्पत्ति कमाएका सबैलाई कारबाईको दायरामा ल्याउनुपर्ने माग गरे । वीरगंजमा जनमत […]
प्रशासनिक भवनको शिलान्यास
प्रस, रौतहट, ४ चैत/ राजदेवी नगरपालिकामा नगरप्रमुख भिखारीप्रसाद यादवले प्रशासनिक भवनको शनिवार शिलान्यास गरेका छन् । पालिकाले नौ कट्ठा १० धुर जग्गा खरीद गरी ११ करोड ९४ लाख रुपैयाँको लागतमा चार तले भवन निर्माणको लागि ठेक्का गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताए । शिलान्यास कार्यक्रममा उपप्रमुख राजकुमारी साह, इन्जिनीयर सञ्जय पाण्डे, योजना प्रमुख पङ्कज […]
निश्शुल्क दन्त शिविर सम्पन्न
प्रस, वीरगंज, ४ चैत/ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बारा, तेलकुवामा दन्त शिविर सम्पन्न भएको छ । महागढीमाई नगरपालिका–७ तेलकुवामा भएको शिविरमा २०९ जना लाभान्वित भएका नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए । शिविरमा २८ जनाको दाँत निकालिएको थियो भने निश्शुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा डा अविनाश सिंह, […]
काठ चिरान गरिरहेको अवस्थामा एकजना पक्राउ
बलिराम शुक्ला, बिरुवागुठी ४ चैत/ पर्सागढी नगरपालिका–१ मनवा गाउँबाट सालको गोलिया चिरान गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । विन्ध्यवासिनी कोइलाभार वन क्षेत्रबाट काठ तस्करी गरी मनवास्थित रामायण चौधरीको आँगनमा काठ चिरान गरिरहेको अवस्थामा साझेदारी वनका अध्यक्ष रिजवानुल अन्सारी नेतृत्वको टोलीले सखुवाप्रसौनी गाउँपालिका–१ सियरहीका ४५ वर्षीय हरदेवप्रसाद उरावलाई पक्राउ गरेको हो । टोलीले सो स्थानबाट […]