३३ जना महिलासहित ३१३ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ चैत/
पर्साका तीन र बाराका दुई स्थान गरी शनिवार पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा ३३ जना महिलासहित ३१३ जनाले रक्तदान गरेकोे रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

राउन्ड टेबल नेपालको आयोजनामा आज वीरगंज महानगर–१८ सुखचैना र वडा नं ६ माईस्थानमा आयोजित रक्तदान कार्यक्रममा १३ जना महिलासहित १२८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा मुन्नी गुप्ता, गङ्गा मण्डल, श्यामसुन्दर पटेल, विशाल महतो, विशाल प्रजापति, मङ्गल महतोलगायतले सुखचैनामा र सन्ध्या अर्याल, गीता अर्याल, सुमित चौरसिया, अञ्जली गुरुङ, दिलीप कलवार, प्रमोद सर्राफ, जीतेन्द्र राउत, सुजित गुप्तालगायतले माईस्थानमा रक्तदान गरेका थिए ।

यसैगरी, अभिभावक सङ्घले घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ६२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा मनीषा झा, पूनम यादव, पूजा ढकाल, सिकिन्दर दास, सन्दीप यादव, भुपेश श्रीवास्तव, सुजित साह, राकेश तेली, आकाश यादवलगायतले रक्तदान गरेका थिए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दुर्गानगरमा भीमसेन नेवा पुच खलले आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित ५३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा आरुषी थापा, आयुष थापा, अशोक श्रेष्ठ, सञ्जय ठकुरी, सागर खत्री, नीरज परियारलगायतले रक्तदान गरेका प्राविधिक प्रमुख पाण्डेयले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा तमु ल्होसारले आयोजना गरेको रक्तदान कार्यक्रममा सुबिना बानियाँ, किशोर लामा, प्रकाश कार्की, नरेश वाइवा, सागर प्रधान, रिबेस छतकुली, महेश्वर तामाङलगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।