जसपा पर्साको विवाद अन्त्यको प्रयास

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ चैत/
जनता समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले पर्सा जिल्लाको विवाद सुल्झाउन अग्रसरता देखाएका छन् । हिजो आकस्मिकरूपमा वीरगंज आएका अध्यक्ष यादवले पूजन होटलमा अबेर रातिसम्म दुवै पक्षलाई राखेर सहमतिको प्रयास गरेका थिए । पर्सा जिल्लामा केही महीनादेखि जसपामा चरम विवाद हुँदै आएको थियो । दुई समानान्तर कमिटी पनि गठन भएको थियो ।

बहुदरमाई नपाका प्रमुख सिंघासन साह तेली र रामनरेश यादव अध्यक्ष रहेका दुईवटा कमिटी सक्रिय रहे पनि पछिल्लो समय रामनरेश यादव अध्यक्ष रहेको कमिटीलाई जसपाले आधिकारिता प्रदान गरेको थियो । आधिकारिकरूपमा यादव समूहले मान्यता पाए पनि पार्टीभित्र चरम विवाद रहेका कारण अध्यक्ष यादव आफैं वीरगंजमा आएर विवाद मिलाउने प्रयास गरेको जसपा संसदीय दलका नेता एवं सांसद प्रदीप यादवले बताए । उनले दुवै पक्षलाई राखेर अध्यक्षले सहमतिको प्रयास गरेको र महाधिवेशनका लागि रोकिएको क्रियाशील सदस्य बनाउने र होलीपछि कार्यसमितिको पुनर्गठन हुने सहमति बनेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।