सिमरा विमानस्थलबाट एक वर्षमा अढाई लाख यात्रीको आवागमन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

गम्भीरा सहनी, जीतपुर, २ चैत/
सिमरा विमानस्थलबाट सन् २०२३ मा अढाई लाख यात्रीले आवागमन गरेका छन् ।

सिमरा विमानस्थल कार्यालय, बाराका प्रमुख सूर्यबहादुर खत्रीले सन् २०२३ मा दुई लाख ६३ हजार ९१६ जना यात्रीले सिमरा–काठमाडौं आवागमन गरेको बताए । उनले यस अवधिमा ८६ हजार ८५८ किलो मालसामान ढुवानी भएको पनि जानकारी गराए । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुनीलकुमार ठाकुरले २०२३ मा एक लाख ३५ हजार २०३ जना यात्री काठमाडौंबाट सिमरा आएका र एक लाख २८ हजार ६१३ जना सिमराबाट काठमाडौं गएका बताए ।

मुलुककै ऐतिहासिक सिमरा विमानस्थल राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो समयको हवाइमार्ग रहेको उनले बताए । उनले १२ देखि १५ मिनेटमा सिमराबाट काठमाडौं हवाई यात्रा गरेर पुग्न सकिने बताए । अहिले ४० र ७० सिट भएको एटिआर विमानले सेवा दिंदै आएको बताए । विमानस्थलको उत्तर–दक्ष्Fिण लम्बाइ ११९२ मिटर र चौडाइ ३० मिटर छ । उत्तर–दक्षिण ३०० मिटर थपेर १५०० मिटर कायम गर्ने र ठूला विमानसेवा सञ्चालन गर्ने योजना रहेको कार्यकारी अधिकृत ठाकुरले बताए । बुद्ध एयरका सात र यती एयरलाइन्सका दुईवटा विमानले सेवा पु¥याउँदै आएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।