सुग्रीव साह, भिस्वा, २ चैत/
छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित मङ्गल माविमा शुक्रवार बसेको अभिभावक भेला गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएको छ । आजको भेलामा अभिभावकको गणपूरक सङ्ख्या नपुगेको भन्दै अर्को भेला यही चैत ८ गते बस्ने निर्णय भएको छ ।
यसअघि दुईपटक अभिभावक भेला बसेको तर गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएको थियो भने तेस्रोपटकको भेला पनि गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको छ ।