घरेलुद्वारा तालीमको अनुगमन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नरेश यादव, पर्सागढी, २ चैत/
घरेलु तथा साना उद्योग कार्यालय, वीरगंजको आयोजनामा सञ्चालित विभिन्न तालीमको अनुगमन गरिएको छ । कार्यालय प्रमुख धनञ्जय सिंहले बेसिक, एडभान्स र लक्षित वर्गहरूको लागि आयोजना गरिएको तालीमको अनुगमन गरेका हुन् । घरेलुको आयोजनामा एडभान्स ब्युटिसियन तालीम, हाते कढाइ ( इम्ब्रोडरी), मोटरसाइकल रिपेयरिङ, एडभान्स सिलाइकटाइसम्बन्धी तीन महीने तालीम सञ्चालन भइरहेका छन् ।

कार्यालय प्रमुख सिंहले गत वर्ष आधारभूत तालीम लिएकाहरूको लागि एडभान्स तालीमको आयोजना गरिएको बताए । उनले तालीम लिएका महिलाहरूले घरमैं बसेर काम गर्न सक्ने बताए । तालीम लिएपछि त्यसलाई व्यवहारमा उतार्न उनले अनुरोध गरे ।

वीरगंज महानगरपालिका, विन्ध्यवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिकामा तालीम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।