प्रस, वीरगंज, २७ फागुन/
पर्साका दुई र बाराको एक स्थान गरी आइतवार तीन स्थानमा भएको रक्तदान कार्यक्रममा आठजना महिलासहित ६९ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।
राउन्ड टेबुल नेपालले १० दिने रक्तदान अभियान अन्तर्गत आइतवार दोस्रो दिन वीरगंजको क्लार्क रिसोर्टमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ३८ जनाले रक्तदान गरेका केन्द्रका प्राविधिक मनीष साहले बताए । कार्यक्रममा रवि रायभर, विकाश कुमार, शान्त शाही, सन्दीप कुशवाहा, मनीष लाठ, राघव राय, उपेन्द्र यादव, प्रदीप पटेललगायतले रक्तदान गरेका थिए ।
यसैगरी, बाराको निजगढमा सामुदायिक अस्पताल तथा वडा नं १३ समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित १३ जनाले रक्तदान गरेका केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले बताए । कार्यक्रममा पवित्रा काप्mले, दीपक न्यौपाने, सुरज ठक्कर, शान्तवीर लामा, प्रफुल्ल तामाङलगायतले रक्तदान गरेका थिए ।
प्रमोद यादव, पंचगावाँ/
सहज सेवा सीप विकास केन्द्रले पटेर्वासुगौली गाउँपालिका–१ गदियानी मदर्सा प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित १८ जनाले रक्तदान गरेका केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । रगत अभाव भएपछि केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाकी कार्यकारी निर्देशक सुम्मिताकुमारी चौधरीले बताइन् ।
कार्यक्रममा श्रीकान्त चौधरी, रमेशराउत बरई, रामेश्वर चौधरी, विक्रम दास, अफताब आलम गद्दी, सञ्जीत साह कानू, रामकुमार चौधरी, अनिलराउत थारू, सन्तोषीकुमारी रामलगायतले रक्तदान गरेका संस्थाका संयोजक मुन्ना तिवारीले बताए ।
वडाध्यक्ष फरमान मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराज केशरी, प्रहरी चौकी रङ्गपुरका प्रहरी सहायक निरीक्षक सुजित रायभर, वडासदस्य हैदर अलि अन्सारी, नारायण साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।