नितेश कर्ण, वीरगंज, २७ फागुन/
जिल्ला प्रहरी कार्यालय, सर्लाहीले चार राउन्ड गोलीसहित दुईजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–१ भेडिया बस्ने २१ वर्षीय पोसन महरा राम र बाग्मती नगरपालिका–८ बस्ने २४ वर्षीय रञ्जीत राम रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
शनिवार साँझ बाग्मती–१० सोल्टी नहरस्थित अस्थायी प्रहरी पोस्ट, सोल्टी, सर्लाहीबाट विशेष सूचनाको आधारमा खटेको प्रहरी चेकिङ टोलीले शङ्करपुरबाट सोल्टीतर्पm आउँदै गरेको बिआर ३० डब्लू ५८८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पोसनको साथबाट आठ एमएम लेखिएको चार राउन्ड गोली बरामद गरेर इलाका प्रहरी कार्यालय, बरहथवामा ल्याइ अनुसन्धान गर्दै जाँदा रञ्जीतलाई घरबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।