कालिकामाई गापा प्रमुख प्रशासकीय अधिकृतविहीन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २४ फागुन/
कालिकामाई गाउँपालिका कार्यालय तीन सातादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवको यही फागुन ४ गते सरुवा भएपछि उनको स्थानमा अहिलेसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत बहाल भएको छैन । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले गापाका कामकारबाई प्रभावित भएका छन् । ठेकेदारहरूले भुक्तानी पाउन ढिला भएर विकास निर्माण कार्यहरू ठप्प पारेका छन् । गापामा रहेका स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नभएका कारण औषधि खरीद प्रक्रिया अगाडि बढ्न नसकेको गापाध्यक्ष वशिष्ठकुमार गुप्ताले बताए । उनले यसअघि पेश्की र उधारोमा औषधि खरीद गर्दा उजूरी परेर समस्या भएकोले प्रमुख प्रशासकीय अधिकृतको बहालीका लागि प्रयास भइरहेको र उनको आगमनपछि मात्र औषधि खरीद हुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत नभएका कारण अहिले कर्मचारीहरू पनि पूरा समय ड्युटी गरिरहेका छैनन् । सेवाग्राहीहरू प्रमुख प्रशासकीय अधिकृतबाट हुने सेवा नपाएर फर्किने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।