अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शान्ति -याली

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ फागुन/
११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आमा नेपाल फाउन्डेशनले बिहीवार प्रभातफेरि तथा शान्ति -याली निकालेको छ ।

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ निस्किएको -यालीमा वीरगंज नर्सिङ क्याम्पस, हरि खेतान बहुमुखी क्याम्पस, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताको सहभागिता थियो ।

बिर्ता मन्दिरबाट निस्किएको -याली नगरपरिक्रमापछि पुनः सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागीहरूले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणको लागि महिलामा लगानीको सुनिश्चितता गर्नुपर्ने बताएका थिए ।

यालीपछि वीरगंज नर्सिङ क्याम्पसको परिसरमा वृक्षारोपण गरिएको थियो । फाउन्डेशन, वीरगंजकी अध्यक्ष प्रमिता मानन्धरले प्रत्येक रूखलाई लैङ्गिक समानताको प्रगतिको प्रमाण बनाउनुपर्ने बताइन् ।

कार्यक्रममा अन्नपूर्ण मानन्धर, वीरगंज महानगरपालिकाकी कार्यपालिका सदस्य राधा कार्की, वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख डा कल्पना पौडेल, सन्तोषकुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष मजिद मियाँ, प्रतिमा सिंह, रानी रायलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।