प्रस, रौतहट, २४ फागुन/
रौतहटको मौलापुरमा मधानी विशेष पूजा शुरू भएको छ । भगवान् शिव र पार्वतीको विवाहको रूपमा मनाइने मधानी महायज्ञको विशेष पूजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचारण गरेका थिए ।
बुधवारदेखि शुरू भएको महोत्सव शनिवार सम्पन्न हुनेछ । नगरप्रमुख रीनाकुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद रामचन्द्र मण्डललगायतको सहभागिता थियो । कार्यक्रममा विभिन्न शिव मण्डलीहरूले विशेष कला प्रस्तुत गरेका थिए ।