मृत्युपश्चात् आँखाको नानी निकालियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २३ फागुन/
वीरगंज महानगरपालिका–९ निवासी अशोककुमार शर्माको निधनपश्चात् बुधवार आँखाको नानी (क्रोनिया) निकालिएको छ ।

उनले जीवित रहँदा नै आँखादान गरेकाले बुधवार उनको निधनपश्चात् रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको टोलीले उनको आँखाको नानी निकालेको हो । शर्माको ६० वर्षको उमेरमा आज निधन भएको र उनको इच्छानुसार आँखाको नानी निकालिएको अस्पतालका नेत्र अधिकृत हरिकान्त साहले बताए । आँखाको नानी प्रत्यारोपणबाट अरू कसैले देख्न सक्ने नेत्र अधिकृत साहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।