प्रहरीले अभियुक्त छाडेको पीडितको आरोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, २३ फागुन/
बौधीमाई नगरपालिका–६ निवासी काशीप्रसाद जयसवालले बुधवार पत्रकार सम्मेलन गरी नाबालिग छोरीको अपहरण गरेको कसूरमा पक्राउ परेका चारजनालाई प्रहरीले छाडेको आरोप लगाएका छन् ।

उनले फागुन १८ गते शुक्रवार राति साढे दश बजे करीब छजनाको समूहले १६ वर्षीया छोरीलाई घरबाहिरबाट मोटरसाइकलमा राखेर लगेको र ती व्यक्तिहरूलाई मौलापुर प्रहरीले पक्राउ गरेकोमा घटनाको तीन दिनपछि त्यत्तिकै छाडेको बताए ।

उनले रातिको समयमा छोरीलाई घरबाहिरबाट मोटरसाइकलमा राखेर लगेपछि आफूले पिछा गरेको र मौलापुरमा प्रहरीले चारजनालाई पक्राउ गरेको बताए । उनले मौलापुर प्रहरीलाई घटनाबारेमा जानकारी गराएको तर तीन दिनपछि त्यत्तिकै छाडिएकामा आपत्ति व्यक्त गरे ।
उनले छोरीको अवस्था अहिलेसम्म अज्ञात रहेको बताएका छन् । प्रहरीले बेपत्ता छोरीको खोजी गर्न नसकेको र पक्राउ परेका अभियुक्तहरूलाई छाडेको भनी उनले प्रहरीको आलोचना गरे । बौधीमाई नपाका प्रमुख प्रदीप यादवले पनि घटनामा प्रहरी रवैया राम्रो नरहेको टिप्पणी गरेका छन् ।

तर नाबालिग केटीले भने आफू राजीखुशीले प्रेमी केटासँग गएको र बिहे पनि गरेको भन्दै सामाजिक सञ्जालमार्फत प्रेमीका भाइहरूलाई पक्राउ गरिएकोमा छाडिदिन अपील गरेकी छन् । प्रहरीले पक्राउ परेकाहरू दोषी नदेखिएकाले हाजिर जमानीमा छाडेको बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।