नक्कली रुपैयाँसहित एकजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, २३ फागुन/
सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरबाट हिजो दिउँसो इलाका प्रहरी कार्यालय, सिम्रौनगढले नक्कली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

इप्रका, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई नेतृत्वको टोलीले महागढीमाई नपा–९ कञ्चनपुर निवासी रामविनय सहनीलाई नक्कली भारु र आठ हजार नेरु नोटसहित पक्राउ गरेको थियो । भारतीय नम्बरको मोटरसाइकलमा सवार उनलाई सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा चेकजाँच गर्दा निजबाट बरामद भारु र नेरु आठ हजार नक्कली फेला परेपछि नियन्त्रणमा लिएको प्रनि राईले बताए । बरामद नक्कली भारु र नेरुबारेमा थप अनुसन्धान भइरहेको र सहनी प्रहरी नियन्त्रण रहेको उनले बताए । पक्राउ परेका सहनीबाट पाँच सय भारुका तीनवटा र २८६ थान सादा कागज तथा नेपाली आठ हजार नक्कली नोट बरामद भएको प्रनि राईले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।