अस्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

मेलबर्न, अस्ट्रेलिया, २३ फागुन/सिन्ह्वा
अस्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधवार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।

आसियान र अस्ट्रेलियाले विशेष शिखर सम्मेलनको अन्त्यका लागि जारी विज्ञप्तिमा नेताहरूले गाजाको गम्भीर मानवीय अवस्थाबारे आफूहरूको साझा चिन्ता व्यक्त गर्दै तत्काल दिगो युद्धविरामका लागि आग्रह गरेका हुन् ।

सबै नागरिक तथा नागरिकहरूको प्रगतिका लागि पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्दै युद्धले गर्दा गाजामा खाना, पानी र अन्य आधारभूत आवश्यकतामा पहुँचसहित मानवीय सङ्कट अझै बल्झिंदै गएको उनीहरूले मेलबर्न घोषणामा उल्लेख गरेका छन् ।

यसैगरी, उनीहरूले समुद्रमार्फत सीमा पार क्षमता बढाउन आवश्यक पर्ने सबैलाई द्रुत, सुरक्षित, निर्बाध र दिगो मानवीय पहुँचका लागि आह्वानसमेत गरेका छन् । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।