लामो समयको विवादपछि सिम्रौनगढको नगरसभा सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, २२ फागुन/
सिम्रौनगढ नगरपालिकाको नगरसभा फागुन २१ गते सोमवार सम्पन्न भएको छ ।

लामो समयदेखि नगरसभा हुन नसक्दा सिम्रौनगढ नगरपालिकाको काम प्रभावित भएको थियो । उपप्रमुख नजमु सेहरलगायत नेकपा (समाजवादी) र नेपाली काङ्ग्रेसका वडाध्यक्ष्Fहरू नगरप्रमुख किशोरीप्रसाद कलवारको कार्यशैलीबाट रुष्ट भएका कारण उनीहरूको अवरोधले नगरसभा हुन सकेको थिएन ।

असार १० गते हुनुपर्ने नगरसभा हालसम्म हुन नसक्दा शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब लामो समयदेखि बक्यौता थियो । करार, अस्थायी, दैनिक ज्यालादारीहरूको १८ महीनादेखिको तलब बाँकी थियो भने स्थायी कर्मचारीहरूको पनि सात महीनादेखिको तलब बाँकी भएको थियो । नगरसभा नहुँदा तलब सुविधा नपाएको भन्दै वडा समिति, नगर अस्पताल, सामुदायिक विद्यालयहरूमा सेवा अवरुद्ध भएका थिए । शिक्ष्Fकहरूले अध्यापन बन्द गरेर धर्ना र हडताल गरेका थिए भने नगर अस्पताल पनि सञ्चालनमा आउन सकेको थिएन । औषधिलगायतका सामग्रीको अभाव र कर्मचारीले तलब नपाएको अवस्थामा नगर अस्पताल पनि सञ्चालनमा थिएन ।

सिम्रौनगढ नगरपालिकामा नगरप्रमुख कलवार लोसपाबाट जितेका हुन् । उपप्रमुख सेहर पनि लोसपाकै हुन् र दुईजना वडाध्यक्ष लोसपाका छन् । बाँकी एकजना नेकपा (एस) र आठजना नेपाली काङ्ग्रेसबाट छन् । नगरप्रमुखविरुद्धको अभियानमा लागेका उपप्रमुख सेहर, वडाध्यक्षद्वय नेकपा (एस)का रामदिनेश यादव र नेकाका अवधेश सहनीले नगरसभामा सहभागिता जनाएनन् ।

उनीहरूबाहेक नगरप्रमुख र नौजना वडाध्यक्षको सहभागितामा हिजो नगरसभा सम्पन्न भएको हो । नगरप्रमुख कलवारले नगरसभा सम्पन्न भएको र कोलेनिकाबाट बजेट निकासा गरी कर्मचारीहरूलाई तलबभत्ता उपलब्ध गराउनुका साथै अन्य कार्य गर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।